images
images
images

देवघाट गाउँपालिकाको प्राथमिकता ः योजनाबद्ध शहरीकरण र गुणस्तरीय पूर्वाधार निर्माण

images

देवघाट
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा योजनाबद्ध शहरीकरण र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।
मंगलबार सुरु भएको देवघाट गाउँपालिकाको १२ औं गाउँ सभाको बजेट अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प समस्त गाउँपालिका बासीको समृद्धिको चाहाना र जनप्रतिनिधिका प्रतिबद्धताहरु रहेको बताए ।
दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दे गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समाबेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक बिकास मार्फत समृद्ध देवघाट गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्बजनिक, निजीक्षेत्र र समुदायको साझेदारि विकास गर्ने अध्यक्ष थापाले बताए ।
देवघाट गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, भूमिहिन अव्यवस्थित बसोवासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्दै योजनावद्ध शहरीकरण तथा वस्ती विकासकोलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विषम परिस्थितिमा देशको अर्थतन्त्रलाई पुर्नउत्थानशील क्रियाकलाप मार्फत अगाडी बढाउदै तिब्र र दिगो आर्थिक विकास गरी समृद्ध नेपाल सुखी नेपालीको मुल लक्ष्य हासिल गर्नु परेको हुँदा यसका लागि देवघाट गाउँपालिकामा स्थानीय आर्थिक विकासका कार्यक्रमहरुलाई विशेष जोड दिनु पर्ने अवस्था सृजना भएको अध्यक्ष थापाले बताए । यसको लागि कृषि उत्पादन र उत्पादकत्व वुद्धिको लागि उच्च जोड दिनु पर्ने भएको थापाले बताए ।
गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाइ सुशानको अनुभूति जनमानसमा ल्याउन जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास गर्न समेत अपरिहार्य रहेको हुँदा यसका लागि विद्युतीय सुशासन प्रणालीलाई सेवा प्रभावमा व्यापक र प्रभावकारी बनाउनु पर्ने अवस्था देखिएको अध्यक्ष थापाले बताए । शिक्षा र स्वास्थ्यका कार्यक्रमलाई उच्च स्थान दिई नागरिकको जीवनस्तरमा सुधार गर्नुपर्ने उनले आवश्यकता औंल्याए ।

मंगलबार गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएपनि उक्त नीति तथा कार्यक्रमको बारेमा आगामी असार १० गतेको बैठकमा छलफल गरि पारित गरिने तथा सोही दिन आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।
उक्त गाउँसभामा गाउँसभाका सदस्य वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर र कार्यपालिका सदस्य होममाया खाँणले शुभकामना मन्तव्य राखेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS