दमौली ।
ज्याला मजदुरी गरी परिवारको खर्च चलाउँदै आएकी व्यास ६ की रोजिना सुनारलाई एक वर्ष अघिसम्म परिवारको साँझ–बिहानको छाक टार्न धौधौ थियो । उनिले काम पाएको दिन त परिवारको जसोतसो छाक टथ्र्याे, नपाएको दिनभने भोकै बस्नुपथ्र्याे । ‘एक वर्ष अघिसम्म मलाई घर खर्च चलाउननिकै समस्याथियो,’ उनले सम्झिइन्, ‘कामपाएको दिन त ज्यालाबाटै परिवारको खर्च चलाइन्थ्यो । तर, काम नपाएको दिनभने छाक टार्नै समस्याहुन्थ्यो ।’ तर अहिले उनिआफनो वडाको बाटो,नाली र चौतारी निर्माणमा व्यस्तछिन् । उनले अहिले दैनिक रुपमा ६ सय १६ रुपैया ज्यालामार्फत आम्दानी गर्छिन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएपछि उनले रोजगारी पाएकीहुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनामा काम गर्न थालेपछि उनको परिवारको ‘गरिबी’ हटेको छ । उक्त कार्यक्रममा मजदुरका रूपमाकाम पाएपछि अहिले उनको परिवारमापहिलेजस्तो घर खर्चको समस्या छैन । ‘प्रधानमन्त्री रोजगारको कमाइबाट घरमानुन, तेल, चामलकिनेर दैनिक छाक टार्न र बच्चाबच्चीको शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता परिपूर्ति गर्न खर्च गरिरहेको छु,’ उनले सुनाइन् ।
आफ्नै कमाइबाट घर खर्चपुगेपछि दङ्ग छिन् उनी । ‘पहिले आफन्त र छरछिमेक कहाँ पैसा माग्न जाँदा सुनाउँथे,’ उनी भन्छिन्, ‘प्रधानमन्त्री रोजगारका योजनामा काम गर्न थालेपछि अहिले दुई छाक टार्नकालागि कसैसँग पैसा माग्न जानु परेको छैन ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित योजनामाउनीनिरन्तर कामगरिरहेकी छिन् । व्यास १४ का लेखविक्रमथापापनि एक वर्ष अघिसम्म घरमै बेरोजगार बसेकाथिए । अहिले सुनार जस्तै थापापनिप्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएपछि रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमकाविभिन्न योजनामाकाम पाएपछि घर खर्च चलाउन सक्षमभएको उनले सुनाए । उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनामाकाम गरेपछि परिवारको थुप्रैआवश्यकता पूरा गर्न सकिएको छ ।’ पहिले बेरोजगार हुँदाथुप्रै कुराको अभावझेल्नुपरेको उनले सुनाए । प्रधानमन्त्री रोजगार कार्यक्रममाकामगर्दा गाउँका केहीव्यक्तिले खिसी गरे पनिआफूले काम नछाडेको उनले बताए । सुनार र थापाप्रतिनिधिपात्रहरू मात्रहुन्, प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरूजस्ताव्यास नगरपालिकाका ८७जनालाई घर खर्चको जोहो गरिदिएको छ । घर खर्चचलाउने चिन्तामा रहेकाव्यक्तिहरूकालागि यो कार्यक्रमले आर्थिक राहतदिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यास नगरपालिका संयोजक सुचिता थापाले यो कार्यक्रमले गरिब परिवारको जीवनस्तरमा सुधार भएको बताईन् ।उनले भनिन्, ‘यो कार्यक्रम अन्तर्गत बेरोजगारहरूले रोजगारी पाउँछन् । यसले स्वतःउनीहरूको परिवारको जीवनस्तरमा सुधार गर्छ,’ । उनको अनुसार चालू आर्थिक वर्षमा मात्रै व्यास नगरपालिकामा ३ सय ५७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका थिए जसमा अहिले ८७ जनामात्र रोजगारी गर्ने गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीसँगै विकास निर्माणमा पनि सघाउ पु¥याएको नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउन्छन् । उनले भने,‘यो कार्यक्रमले सामान्य रोजगारी सिर्जना गरेको छ । समुदायले पनि सरकारले सञ्चालन गरेको यो कार्यक्रमबाट लाभान्वितभएको महसुस गरेको छ । समुदायमापनि सानातिनाकामहरू भएका छन्,’ । बेरोजगारहरूले न्यूनतम १०० दिन रोजगारी पाउने भएकाले यसले उनीहरूको आर्थिक अवस्था सुधारेको उनको भनाइ छ ।