images
images
images

म्याग्दे ७ मा जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सम्पन्न

images

म्याग्दे
म्याग्दे गाँउपालिका वडा नं ७ को आयोजनामा वडामा निशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यलयको आयोजनामा सम्पन्न भएको शिविरमा रक्त परिक्षण, मुटुको परिक्षण, निशुल्क औषधी वितरण लगायतको सेवा दिईएको थियो ।
विशेषज्ञ डा.रामहरि दाहाल, विशेषज्ञ जनरल प्राक्टिस एण्ड ईमजेन्सी मेडिसिन प्रमुख, ईमजेन्सी विभाग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा, कृष्ण गिरीले निशुल्क जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए ।
६० वर्ष भन्दामाथीका ९५ जनामहिला र ८२ जनागरि कुल १७७ जना नागरिकलाई स्वास्थ्य शिविरमा सेवा दिईएको वडा नं ७का वडा अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रक्त परिक्षण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने शिविरमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे पनि उपस्थिती रहेको थियो ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS