images
images
images

बन्दिपुरमा जग्गाको कित्ताकाट खुल्यो

images

बैशाख ३, बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालका अनुसार चैत्र ३० गतेको भू–उपयोग परिषद बैठकले बन्दिपुर गाउँपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको छ ।
गाउँपालिकाले ६ वटै वडाको जग्गा वर्गीकरण गरी मालपोत कार्यालय तनहुँमा बुझाएको छ ।

भूउपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गरी आइतवार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए । तनहुँका केही स्थानिय तहले सम्पुर्ण रुपमा नियमअनुसार नछुट्याएतापनि यस अघि आँबुखैरेनी गाउँपालिका र अहिले बन्दिपुर गाउँपालिकाले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेका छन् ।

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय तनहुँलाइ पत्राचार गरीएको गाउँपालिका अमिन केशव डाँगीले जानकारी दिए ।

गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भूउपयोग ऐन, २०७६ ल्याएको थियो। उक्त ऐन कार्यान्वयन गर्न यही साल जेठ २३ गते सरकारले भूउपयोग नियमावली, २०७९ ल्यायो ।

नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS