images
images
images

तनहुँ क्षेत्र नं १ का गाउँ गाउँमा घण्टी क्रेज (भिडियो सहित)

images

तनहुँ
यतिबेला देशका तीन क्षेत्रमा चुनाबि रौनक बढेको छ । बारा क्षेत्र न २ , चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा चुनाव लागेको छ । गाउँ गाउँमा चिया पसलमा चोक गल्लिमा चुनाबि गफ सुनिनथालेको छ । तनहुँ क्षेत्र नं १ मा पनि चुनाबि सरगर्मि ह्वात्तै बढेको देखिन्छ ।

नयाँ दलको रुपमा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टिको क्रेज तनहुँमा पनि बढ्दो छ । बिहिबार पार्टि सभापति रबि लामिछाने र उम्मेदवार डा।स्वर्णिम वाग्ले भानु नगरपालीका क्षेत्रका बिभिन्न स्थानहरु तुरतुरे , बाइसजाँगर , पोखरीछाप , नारेश्वरटार , चन्द्रावती , सेपाबगैचा लगायतका स्थानमा आयोजित कोणसभामा घण्टीको क्रेज देखिएको थियो । रबि लामिछाने र उम्मेदवार स्वर्णिम वाग्ले आउने थाहा पाए पछि आफ्नो घर अगाडि तामाका घडामा पानी र फूल राखेर स्वागतको लागी तयारी गरेका थिए भने दिउसै देखि हातमा फूल बोकेर स्थानिय आमा दिदी बहिनि हरु बसिरहेको दृष्य देख्न सकिन्थ्यो यता युवापुस्ता झण्डा बोकेर कार्यक्रम गर्ने स्थानको व्यवस्थापन गर्न व्यस्त देखिन्थे ।

आफ्नो क्षेत्रले पहिलो पटक राम्रो उम्मेदवार पाएको र एकपटक हेर्ने भन्दै टाढा टाढा बाट हिडेर आएका व्यक्तिहरु पनि देखिएका थिए । रबि लामिछाने नेतृत्वको पार्टि राष्ट्रिय स्वतन्त्र पार्टि प्रति जनताले आश गरेको देखिएको छ । रातको ८ बजे पनि सयौको संख्यामा स्थानियबासीहरु जम्मा भएर बसेको दृष्य देखिन्थ्यो । हरेक उमेर समुहका व्यक्तिहरु स्वतस्फूर्त रुपमा घण्टी अंकित झण्डा बोकेर हिड्नुले परिवर्तनको संकेत गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS