तनहुँ नयाँ बर्ष २०८०लाई लक्षित गर्दै तनहुँको प्रसिद्द धार्मिक स्थल छाब्दी बाराहीमा सरसफाई गरिएको छ। मन्दिर देखि बसपार्क नजिक ट्रान्समिटर सम्म करिव एक सयको सहभागितामा खोला,बाटो सरसफाई गरिएको हो। व्यास नगरपालिका वडा नम्बर १४मा रहेको छाब्दी बाराही मन्दिरमा गत वर्षको वैशाख एक गते दश हजार भक्तजनले दर्शन गरेका थिए।यस वर्ष करिव १५हजार भक्तजन छाब्दी बाराही दर्शनका लागि आउने अनुमान गरिएको छब्दी बाराही विकाश कोष समितिका अध्यक्ष प्रेम (थान बहादुर)थापाले बताए।