images
images
images

कुमारवर्ती क्याम्पसबाट आदिकवि भानुभक्त क्याम्पसको अध्ययन भ्रमण सम्पन्न

images

दमौली
कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीको प्राध्यापक/कर्मचारी टोलीले आदिकवि भानुभक्त क्याम्पसको १ दिने अध्ययन भ्रमण गरेको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ कुमारवर्ती क्याम्पस इकाइका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको नेतृत्वमा आएको २८ जना प्राध्यापक /कर्मचारीको संयुक्त टोलीले आदिकवि भानुभक्त क्याम्पसको पुस्तकालय, छात्रावास, प्रशासनिक कक्ष, प्रयोगशाला, कक्षाकोठा र सभाहलको अवलोकन गरेको थिए ।

अवलोकन पश्चात २ क्याम्पसका प्राध्यापक तथा कर्मचारी बिचको अन्तरक्रिया आयोजना गरेको थियो । भ्रमण टोलीलाई क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख सागर पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय सदस्य विमल गिरी, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे, विद्यार्थी मनोसामाजिक परामर्शदाता श्री विष्णु हड्खले, प्रशासन सहायक सुदर्शन पोख्रेल लगायतसंग क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक र आर्थिक पक्षहरुको बारेमा जानकारी गराएका थिए ।

भ्रमण टोलीलाई क्याम्पस प्रमुख हड्खले, सहायक क्याम्पस प्रमुख पौडेल र केन्द्रिय सदस्य गिरीले खादा ओडाएर स्वागत गरे । २०४५ सालमा हाल नवपुर जिल्लाको कावासोती न.पा. २ मा स्थापना भएको कुमारवर्ती बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट २०७९ सालमा क्यू.ए.ए. प्रमाण पत्र प्राप्त गर्न सफल सामुदायिक क्याम्पस हो । सो क्याम्पसमा करिव ८ सय जना विद्यार्थी अध्ययन रहेको क्याम्पसमा ३३ जना प्राध्यापक र ९ जना कर्मचारी कार्यरत रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS