दमौली
नेपाल शिक्षक महासंघ तनहुँको मतदान कार्य सकिएको छ । मतदान कार्य सकिएकोले अब छिट्टै मतगणना कार्य हुने निर्वाचन समिति सदस्य यज्ञ रानाले जानकारी दिए । व्यास नगरपालिका २ स्थित सत्यवती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बुधबार बिहानदेखि भोट दिन शिक्षक शिक्षिकाहरु लाइनमा बसेका थिए ।
अध्यक्ष पदका लागि रमेशबाबु भट्टराई,ज्ञानेन्द्र न्यौपाने,भरत काफ्ले,उपेन्द्र बिष्ट प्रतिस्पर्धामा छन् । यस पटकको शिक्षक संघको निर्वाचनलाई बिशेष महत्वका साथ हेरिएको छ । संघको बागडोर कस्ले सम्हालछन् भन्ने यतिबेला आमनागरिकमा चासोको बिषय बनेको छ । चार जना प्रतिस्पर्धीमध्ये रमेशबाबु भट्टाराईको पक्षमा राम्रो माहोल बनेकाले जीत सुनिश्चित देखिएको एक शिक्षकले जानकारी दिए । कूल मतदाता दुई हजार दुई सय १२ मध्ये एक हजार सात सय बयालिस मत खसेको छ । मत परिणाम बिहीबार बिहानसम्ममा आइपुग्ने बताइएको छ ।