बागमती
देशका पहाडी भूभागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
आज आइतबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपराह्नतिर हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार पनि देशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ ।कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपात र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
मंगलबार पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही ठाउँमा चट्याङसहित वर्षा हुनुका साथै हावाहुरी चल्ने सम्भावना रहेकोले सचेत रहन अपिलसमेत गरिएको छ