तनहुँ
आँबुखैरेनी गाऊँपालिकाका सबै जनप्रतिनिधिहरुले बालबच्चा हरूलाई अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा अध्ययन गराऊने भएका छन् । फागुन ७ गते आइतबार बसेको गाऊँकार्यपालिकाको बैठकले आँबुखैरेनी गाऊँपालिकाका जनप्रतिनिधिहरु सबैले आगामी शैक्षिक सत्र २०८० सालदेखी आफना बालबच्चा हरूलाई अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा अध्ययन गराऊने निर्णय गरेको हो अध्यक्ष शुक्र चुमानले बताए ।

सामुदायिक विद्यालयलाई सुधार गर्ने उद्देश्य राखेर जनप्रतिनिधिहरुले बालबच्चा हरूलाई अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा अध्ययन गराऊने निर्णय गरेको अध्यक्ष चुमानले बताए ।
आबुखैरेनी गाँउपालिकामा ३२ जना जनप्रतिनिधिहरु रहेका छन् । आँबुखैरेनी गाँउपालिकामा ३५ वटा सामुदायिक विद्यालयमा करिब विद्यार्थी ४३ सय विद्याथी रहेका छन् । सामुदायिक विद्यार्थीलाई विद्यालय आउन सहजताका लागि गाँउपालिकाको सत्त प्रतिसत अनुदानमा स्कुल बस हस्तान्तरण गर्ने तयारी भएको पनि अध्यक्ष चुमानले बताए ।
पहिलो चरणमा पालिकाका ३ देखि ५ वटा विद्यालयलाई बस हसतान्तरण गर्ने तयारी रहेको चुमानले बताए ।
वडा कार्यालय भवन विद्यालयलाई
आबुखैरेनी गाँउपालिका वडा नं. ५ को वडा कार्यालय भवनमा विद्यालयमा सार्ने निर्णय भएको छ । सो वडामा रहेको इन्द्रदेवी आधारभूत विधालयको भवन जिर्ण भएको, खेल मैदान समेत प्रयाप्र्त नभएको र वडा कार्यालयको भवन राम्रो भएकाले वडाको भवनमा विद्यालय विद्यालय सार्ने निर्णय गरेको वडा अध्यक्ष सन्तोष गुरुङले बताए ।

बिद्यालय शैक्षिक सुधार कार्यक्रमको लागी ५ न वडा कार्यालयमा अर्को व्यवस्था नहुंदा सम्म इन्द्रदेवी आधारभूत विधालय सञ्चालन गर्ने निर्णय गरेको समेत अध्यक्ष गुरुङले बताए । आधुनिक भवनमा विद्यालय राख्ने र विद्यालयको पुरानो भवनमा वडा कार्यालय संचालन हुने गाँउ पालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
वडा कार्यालयको आधुनिक भवन भएपनि विद्यालयको भवन भने जिर्ण रहेको थियो ।