दमौली, ०४ फागुन ।
चर्को वैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजका विरुद्व प्रर्दशन तनहुँमा विरोध प्रर्दशन हुने भएको छ ।
शुक्रबार तनहुँको दुलेगौडामा विप्लव नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टीले विरोध प्रर्दशनको तयारी गरेको हो ।
चर्को वैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजबाट तनहुँका जनता पनि प्रभावित रहेको भन्दै विरोध कार्यक्रम गर्न लागेको नेकपा तनहुँका इन्र्चाज विनोद वि.क निशानले बताए । शुक्लागण्डकी–४ मा विरोध प्रर्दशनको तयारी रहेको समेत नेता वि.क.ले बताए । चर्को वैंक ब्याजदर, लघुवित्त र मिटर ब्याजका विरुद्व शसक्त आन्दोलन गर्ने तयारी पार्टीले गरेको समेत वि.क.ले बताए ।
सो पार्टीले बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदरलाई एक अङ्कमा कायम गर्न माग गरेको छ भने लघुबित्त संस्थाहरुले ऋण लगानीमा हाल लिने गरेको सेवा शुल्क १ देखि १.५ प्रतिसतलाई घटाएर ०.५ प्रतिसत कायम गरियोस् । यसभन्दा पहिले सेवा शुल्क बापत लिइएको बढी रकम फागुन १५ गते भित्र सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न समेत माग गरेको छ ।
सो पार्टीले लघुबित्त संस्थाहरुले आफ्नो टार्गेट पुरा गर्ने नाममा गाउ घरका सोझासाझा महिलाहरुको समुह बनाउने र अनुत्पादक क्षेत्रमा ऋण दिएर सर्वसाधारण महिलाहरूलाई जवर्जस्त ऋणी बनाउने कार्य तत्काल बन्द गर्न समेत माग गरेको छ । लघुबित्त संस्थाहरुले बिनाधितो लगानी गर्ने कर्जाको सिमा बढाएर उत्पादनमुलक क्षेत्रमा उद्धम गर्न चाहनेलाई सरल रुपमा आबश्यक बित्तीय एबम ब्यबसायिक तालिम तथा शिक्षा प्रदान गरेर मात्रै लगानी गर्न आग्रह गरेको छ ।
स्वदेशमै उद्धमी बनेर केही गर्न चाहने युवाहरूको लागी बाणिज्य तथा बिकास बैंकहरुले सरल र सहज रुपमा बिनाधितोमा दिनुपर्ने कर्जा लगानी नगरेको हुदा बिना धितो कर्जा लगानी र कृषि क्षेत्रमा गर्नुपर्ने लगानीलाई सहज , सरल र पारदर्शी बनाउन माग गरेको छ ।
सो पार्टीले नेपाल राष्ट्र बैङ्कद्वारा नेपालका बैंक बित्तीय संस्था , बित्तीय कारोबार गर्ने सहकारी संस्था ,मिटर ब्याजी र बित्तीय माफियाहरुको खुल्ला लुट ,आर्थिक शोषण र बित्तीय अपराधको साक्षी नबनी तीनिहरुमाथी कडाइपूर्बक अनुगमन नियमन र कार्बाहि गगर्न समते माग गरेको छ ।