images
images
images

सेनेटरी प्याड वनाउन सिक्दै महिला

images

दमौली, ०४ फागुन ।
साना किसान सामुदायिक सिकाई केन्द्र व्यास–१४, केशवटारको आयोजनामा ३ दिने सेनेटरी प्याड वनाउने तालिम शुरु भएको छ ।
साना किसान सामुदायिक सिकाई केन्दका अध्यक्ष सरास्वती थापाको अध्यक्षतामा भएको कार्यक्रमको व्यास १४ को वडाध्यक्ष काजीमान श्रेष्ठले एक कार्यक्रमको वीचमा उद्घाटन गरे।
वातावरणीय अनुकुल सेनेटरी प्याड वनाउन सिकाईने प्रशिक्षक नोमा थापाले वताइन् । महिलाहरुका लागी अत्यावश्यक मानिएको सेनेटरी प्याडमा धेरै रकम खर्च हुने गरेको तर यसको उपयोगमा ध्यान नदिदाँ स्वास्थ्यमा जटिल समस्या भोग्नुपरेको प्रशिक्षक थापाले वताइन् । स्वास्थ्य अनुकुल सेनेटरी प्याड हामी आफैले वनाउन सकिन्छ र त्यो पनि ४ वर्ष सम्म नियमित सफा गरेर प्रयोग गर्न सकिने हुदाँ तालिममा सिकेको कुरा व्यवहारमा पनि कार्यन्वयन गर्न आग्रह गरीन् । किफायती समेत हुने सेनेटरी प्याड आर्थिक उपार्जनको वाटो समेत हुने थापाले वताइन् ।
तालिममा प्रमुख अतिथी श्रेष्ठले दैनिक जीवनमा प्रयोग हुने र आय आर्जनको माध्याम वन्ने तालिमको भरपुर उपयोग गर्नुपर्ने वताए । महिलाको संवेदनशील अंग सँग जोडिएको विषयमा सवै गम्भिर वन्नुपर्ने हुदाँ आफनो लागी प्रयोग गरिने सेनेटरी प्याड वनाउने तालिमले केशवटारको महिलालाई सकारात्मक प्रभाव पार्ने वताए। सिक्ने र सिकाउने तालिमले हाम्रो स्वास्थ्य सँगै आय आर्जनलाई पनि जोड्ने हुदाँ यसको निरन्तरतामा ध्यान दिनुपर्ने वताए ।
यसैगरि व्यास १४ का वडासदस्य दुर्गा वहादुर आलेले सेनेटरी प्याडका तालिम टोल स्तरसम्म विस्तार गरिने वताए । यो जीवन उपयोगी सिकाई र वुझाई वडा नं १४ को घरघरमा पुरयाउने र स्वास्थ्य सँग सम्वन्धित जनचेतना समेत जगाईने आलेले वताए ।
३ दिन सम्म चल्ने सेनेटरी प्याड वनाउने तालिममा १५ जना स्थानिय महिलाहरुको सहभागिता रहेको कार्यक्रम केशवटारको होम स्टेमा संचालन भएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS