
माघ १ , काठमाडौं । काठमाण्डाैका लागि पोखराबाट उडेकाे विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट काठमाडौंका लागि उडेको जहाज नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राखिएकाे बताए ।