तनहुँ । बन्दिपुर गाउँपालिका तनहुँको १२औँ हिउँदे गाउँ सभा आज बिहिबार देखि सुरु भएको छ । गाउँपालिकाले हिउँदे अधिवेशनका रुपमा बाह्र औँ हिउँदे गाउँ सभा आजदेखि सुरु गरेको हो । बर्षे अधिवेशनमा छुटेका तथा कार्य सञ्चालनका लागि जारी गर्नुपर्ने कानुन, नियम तथा विधेयक पास गर्न गाउँपालिकाको सभा सुरु भएको छ ।
पहिलो दिन आज बन्दिपुर गाउँपालिकाका अध्यक्ष एवं गाउँसभाका सभाध्यक्ष सुरेन्द्र बहादुर थापाले गाउँ सभा सुरु गरि कार्यक्रममा स्वागत गरेका थिए । यस्तै गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङले प्रगती बिबरण तथा समिक्षा प्रस्तुत गरेकी थिइन् । विधायन समितिका संयोजक बलबहादु गुरुङले बन्दिपुर गाउँपालिकाको पर्यटन बिकास ऐन २०७९ र जोखीम न्युनीकरण तथा ब्याबस्थापन बिधेयक २०७९ सभामा प्रस्तुत गरी पेस गरेका थिए ।
प्रस्तुत भएको विधेयकलाई बिधायन समितिमा पठाउन सभाले पास गरेको छ । बिधायन समितिले पास गरेपछि गाउँ सभाले अर्को सभामा पास गर्नेछ । अन्य विधेयक तथा कार्यक्रम पास गर्नका लागि बाह्र १२औँ गाउँ सभाको अर्को बैठक माघ १३ गतेका लागि बोलाइएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।