
तनहुँ
गण्डकी प्रदेश सरकार शिक्षा,संस्कृति,विज्ञान तथा समाजिक विकास मन्त्रालयको आयोजना समाजिक विकास कार्यालय तनहुँको संयोजनमा भएको कार्यक्रममा स्थानीय तहमा प्राविधिक ,ब्यवसायीक शिक्षा तालिमको बिषयमा वृहत छलफल भएको थियो । कार्यक्रममा तनहुँका १० वटै पालिका उप प्रमुखरु, पालिकाका समाजिक विकास शाखाका संयोजकहरुको सहभागितामा रहेको थियो ।
कार्यक्रममा प्राविधिक ,ब्यवसयीक शिक्षा र तालिम संचालनका लागि संञ्जाल गठन गर्नु उद्देश्य,स्थानीय तहमा संजाल गठनको प्रस्तावित संरचना,संजालले गर्ने काम लगायतका विविध बारेमा विचार बिर्मश भएको मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख पुष्पराज पौडेलले बताए ।
कार्यक्रमले प्रवाधिक शिक्षा र तालिम स्थानीय तहको सहकार्यमा नागरिक स्तरमा पु¥याने उद्देश्य रहेको पौडेलले बताए । कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत ऋषिराम बास्तोला,समाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदी, लगातयको सहभागिता थियो । कार्यक्रममा तनहुँका १० वटा पालिकाका उप प्रमुखहरु तथा समाजिक विकास शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । प्राविधिक ,ब्यवसयीक शिक्षा र तालिमलाई प्रभावकारी बनाउने बिषयमा छलफल कार्यक्रम महत्वपुर्ण भएको समाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले बताए ।