विकास खनाल/दमौली
भादगाउँ खानेपानीको गाडी दुरुपयोग भएको छ । खानेपानीको गाडीमै बियर सहितका मदिरा पार्टी भएको भिडियो अहिले सामाजिक सञ्जालमा अहिले भाइरल भए पछि उपभोक्ताहरूले गाडी दुरुपयोग गरेको भन्दै अध्यक्ष प्रति चर्को असन्तुष्टि जनाएका छन् । भादगाउँ खानेपानीको गाडी अध्यक्षको मनोमानिमा समितिका सदस्य लाई नै थाहा नदिइ क्लवका खेलाडी लिन धादिङको सल्यानटार पठाएको भन्दै यसको सबै खर्च र जिम्मेवारी अध्यक्षले नैं लिनुपर्ने समितिका एक सदस्यले नाम नबताउने सर्तमा बताए । यस सम्बन्धमा समितिका सचिव राजेश्वर हड्खलेले ‘भादगाउँ खानेपानीको गाडी नियम बिपरित धादिङ पठाएको र गाडीमै मदिरा पार्टी गरेको छ नि ? भनेर सोध्दा आँफुलाइ यी सबै कुरा थाहा नभएको बताए । यसवारेमा अध्यक्ष संग सोधेर थप जानकारी गराउने भनेका हड्खलेले खेलाडीहरूले गाडी नपाएपछि लिन मात्रै पठाएको तर मदिरा पार्टीको बारेमा थाहा नभएको प्रतिक्रिया अध्यक्षले दिएको जानकारी दिए । आम उपभोक्ताको सम्पत्तिको रूपमा रहेको गाडीको दुरुपयोग गरेको भन्दै हाइस्कुल टारका बासिन्दाले तिव्र बिरोध गरेका छन् । हामीलाई प्रयाप्त पानी छैन , डेलिगेसन जाँदा ल ल हुँदैछ मात्रै भनिन्छ , तर अध्यक्षको पारा यस्तो रहेछ स्थानीयले भने ।
खानेपानीले नयाँ धारा जडान देखि न्युनतम शुल्क छुट सम्ममा ढाड सेक्ने काम गरेको अन्य टोलका उपभोक्ताहरूले पनि आरोप लगाएका छन् । जवकि दमौली खानेपानीले २१ हजार १ सय २५ रूपयाँमा नयाँ धारा जडान गर्दा लिन्छ भने भादगाउँ खानेपानीले २१ हजार ९ सय रूपयाँ लिने गरेको छ । त्यस्तै न्युनतम मुल्य देखि छुट मा पनि भादगाउँ खानेपानीले ढाड सेक्ने काम गरेको उपभोक्ताले आरोप लगाएका छन् । दमौली खानेपानीमा न्युनतम शुल्क १ सय मात्रै छ भने भादगाउँ खानेपानीमा न्युनतम शुल्क नैं १ सय ७० रूपयाँ रहेको छ । त्यति मात्रै होईन उपभोक्तालाइ छुट दिने सन्दर्भमा पनि दमौली खानेपानीले ५ प्रतिशत दिँदा भादगाउँ खानेपानीले जम्मा दुई प्रतिशत मात्रै दिने गरेको छ । ब्यास १ भादगाउँ र ब्यास २ अमरापुरि घर भएका राजकुमार थापाले दमौली खानेपानीको भन्दा भादगाउँ खानेपानीको सबै शिर्षकमा मुल्य बढी भएको बताए । उनले पैसा धेरै लिएर सुविधा पनि धेरै दिएत हुन्थ्यो तर दमौलीमा दिनको दुई पटक पानी आउने तर भादगाउँमा दिनमा एकपटक मात्रै पानी आउने गरेको बताए । पैसा धेरै लिए पछि त सुविधा पनि धेरै दिन सक्न पर्योनि उनले भने । उपभोक्ताहरूले संस्थानको गाडी कतै निर्णय नैं नगरी , कसैलाई थानै नदिई सिमित ब्यक्तिहरू लाई लिएर नियम बिपरित धादिङ जानुको कारण र संस्थानकै गाडीमा बसेर होहल्ला गर्दै मदिरा पार्टी गरि सामाजिक सञ्जालमा भिडियो राखेर संस्थाकै बद्नाम गराउनुको कारण बारेमा समितिले जवाफ दिनुपर्ने बताएका छन् । भादगाउँ खानेपानीका अध्यक्ष ब्यास नगरपालिकाका उपमेयर इन्दिरा दरैका श्रीमान चिज बहादुर दरै रहेका छन् ।