images
images
images

तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीको राजनीतिक जीवनी

images

दमौली
तनहुँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको जन्म वि।स। २०२५जेठ गते साविक पुर्कोट गाविस मा स्वर्गीय माता पिता दयानिधि भण्डारी दमयन्ती भण्डारीको कान्छो सुपुत्रको रुपमा भएको थियो ।

कांग्रेसी पृष्ठभूमिको परिवारमा जन्मनु भएका के.स.भण्डारी ठूलो दाजु छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थी काल देखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध हुनु भएको थियो ।के।स।भण्डारी २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनु भएको थियो । वि।स।२०४० सालमा एस।एल।सी। उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि राजधानी गएपछि भण्डारी विद्यार्थी राजनीतिमा सक्रिय रुपमा सहभागि हुनु भएको थियो । विद्यार्थी राजनीतिमा सक्रिय रुपमा सहभागी हुने क्रममा के।स।भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा पहिलो पंक्तिमा रहेर आन्दोलनमा सहभागी हुनु भएको थियो ।त्यसक्रममा के।स।भण्डारीले लौहपुरुष सिंहको घरमा भएको पार्टीको सम्मेलनको मञ्च व्यवस्थापनको जिम्मेवारी सम्हाल्नु भएको थियो । पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै २०४६ सालमा के।स।भण्डारी २९ दिन प्रहरी हिरासतमा पर्नु भएको थियो ।

२०४६ सालको परिवर्तन पछि पनि के।स।भण्डारी नेपाल विद्यार्थी संघको राजनीतिमा निरन्तर रुपमा सक्रिय रहनु भएको थियो । नेविसंघको राजनीतिमा सक्रिय हुने क्रममा २०४८ सालमा त्रिचन्द्र क्याम्पसमा नेविसंघको क्याम्पस इकाई सभापति र २०४९ मा स्ववियू सभापति बन्न सफल हुनु भयो । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय के।स।भण्डारीले २०५३ साल देखि भने पार्टी राजनीतिमा समेत सहभागिता जनाउन थाल्नु भयो । पार्टीको राजनीतिमा सहभागिता जनाउने क्रममा २०५३ सालमा महाधिवेशन प्रनिनिधि बन्न सफल हुनु भएको थियो । साथै के।स।भण्डारीले हालका गृहमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । युवाहरु माँझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रनु भएको थियो ।तर झिनो मतका कारण विजयी हात पार्न सफल हुनु भएको थिएन ।
तरुण दलको अध्यक्षमा विजय हात पार्न सफल नभएपनि विचलित नभईकन के।स।भण्डारी निरन्तर रुपमा पार्टी रहेर काम गर्नु भएको थियो । राजाको प्रत्यक्ष शासन कालमा के।स। भण्डारीको घरमा सुरक्षाकर्मीले ५ पटकमा घरमा छापा मारेको थियो भने के।स।भण्डारी २ महिना भूमिगत हुनु परेको थियो । के।स।भण्डारीले जनआन्दोलन भाग —२ मा समेत सक्रिय रुपमा सहभागिता जनाउनु भएको थियो । पार्टीको राजनीतिमा निरन्तर रुपमा सहभागिता जनाउँदै आउनु भएका भण्डारी पार्टीको १२ औं महाधिवेशनमा १९ औं नम्बरमा केन्द्रीय कार्य समितिमा निर्वाचित हुनु भएको थियो । त्यसपछि केन्द्रीय सदस्य भण्डारी लगातार केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आउनु भएको छ । त्यस्तै के।स।भण्डारीले दुई पटक सम्म तरुण विभागको जिम्मेवारी समेत सम्हालि सक्नु भएको छ । २०७०को संविधान सभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित हुनु भएका भण्डारीले कांग्रेस र माओेवादी केन्द्रको गठबन्धन हुँदा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा वन तथा भू—संरक्षणमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

पार्टीका हरेक नेता तथा कार्यकर्ताको सुख दुःखमा साथ दिने गुण के.स.भण्डारीमा रहेको हुँदा देशभरिका नेता तथा कार्यकर्ता माँझ लोकप्रिय मानिनु हुन्छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS