तनहुँ ८ असोज
तनहुँ सुनचाँदी व्यवसायी संघद्वारा बिजया दशमी, दीपावली, छठ, बकरइद लगायतको अवसरमा शनिबार दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पनन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे बिकले सुनचाँदी व्यवसायीले संघबाट प्राप्त गर्दै आएको काँचो सुनको कोटा गण्डकी प्रदेशबाट उपलव्ध गराउन पहल भैरहेको बताएका छन् । काठमाण्डौं देखि लामो दुरीबाट जिल्लाका व्यवसायीले सुनचाँदी बोकेर ल्याउँदा समस्या हुने गरेकोले त्यसको सहजको लागि प्रदेशबाट उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्व भएर लागेको उनले बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मोहन कुमार बिकले सुनचाँदी व्यवसायीलाई असाध्यै न्यून आपूर्ति हुँदा व्यवसायीहरु मर्कामा पर्ने गरेको बताए । सरकारले लगाएको कोटा प्रणाली व्यवसायीहरुको लागि घातक भएको भन्दै महासंघले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको उनले बताए । प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले चाडपर्व
लक्षित सुरक्षा योजना बनाएर चार वटै सुरक्षा निकाय परिचालन गरि जिल्लाबासीले सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न लागेको बताए । कार्यक्रममा तनहुँका प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले जनताको सुरक्षामा प्रहरी सदैब सचेत रहेको बताए । जनता सुरक्षा नै हाम्रो सन्तुष्टि रहेकोले चौविसै घण्टा सुरक्षामा हाजिर रहेको उनले बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य तेज बहादुर बिक,पूर्व जिल्ला अध्यक्ष बाबुराम सुनार,निवर्तमान जिल्ला अध्यक्ष कृष्ण सुनार,सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशका सहकोषाध्यक्ष पुर्ण बहादुर बिक, संघका सल्लाहकार डिल्लीराम सुनार,राष्ट्रिय दलित पत्रकार संघका जिल्ला अध्यक्ष एस.बि.नेपाली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक बिकासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत संघका जिल्ला उपाध्यक्ष हरि गहतराज र संञ्चालन सचिव पदम सुनारले गरेका थिए । तनहुँ सुनचाँदी व्यवसायी संघले शनिबार दमौलीमा तीन जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे बिक,प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल र प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रबाबु रेग्मीलाई दोसल्ला रप्रमाणपत्रले सम्मान गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष,तनहुँ सुनचाँदी व्यवासायी संघका अध्यक्ष बिनोद कुमार बिक लगायतले सम्मान गरेका हुन् । जिल्लाको शान्ति सुरक्षा क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद बिक विकासले जानकारी दिए । तनहुँ सुनचाँदी व्यवसायी संघमा जिल्लाभरीका १६८ जना व्यवसायीहरु आबद्व रहेको सो संघले जनाएको छ ।