damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

आँबुखैरेनी बजारमा अतिक्रमित जग्गा खाली गरी पैदल मार्ग बनाउने , ३५ दिने सूचना जारी

आँबुखैरेनी ।

तनहुँको आँबुखैरेनी गाउँपालिका –३ आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित फुटपाथ खाली गरी पैदलमार्ग निर्माण गर्ने भएको छ । गाँउपालिकाले ‘स्थानीय सरकार संचालन ऐन,२०७४को दफा ११ को उपदफा २ मा उल्लेखित सार्वनजिक ऐलानी र पर्ती जग्गा,सार्वजनिक भवन सम्पदा तथा भौतिक पुर्वाधार संरक्षण र सुरक्षा सम्बन्धि अधिकार र टोल विकास संस्थाको माग बमोजिम’ असोज ४ गतेको आँबुखैरेनी गाँउकार्यपालिकाको निर्णय बमोजिम ३ मिटर पैदल मार्ग निर्माण गरी बजारलाई ब्यवस्थित गर्ने जनाएको छ ।

गाउँपालिकाले बुधबार ३५ दिने एक सूचना जारी गर्दै मुख्य सडकको नालाबाट दायाँ बायाँ ३ मिटर छोडेर पैदलमार्ग खाली गर्न निर्देशन समेत दिएको हो ।गाँउपालिकाद्वारा जारी सूचनामा आँबुखैरेनी बजार चोक देखि गाँउपालिका कार्यालय सम्म र आँबुखैरेनी चोक देखि मनकामना चोकसम्म सडकमा रहेको मुख्य नालाबाट ३ मिटर भित्रको दायाबाया भाग छोडेर पैदलमार्ग खाली गर्न निर्देशन दिएको हो । जुन भाग भित्र निर्माण भएका कुनैपनि संरचना हटाउने, निर्माण कार्य बन्द गर्ने, ठेलागाडा हटाउने लगायत अन्य सम्पूर्ण संरचना हटाउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत विष्णुप्रसाद शर्माले बताए ।

आँबुखैरेनी बजारलाई बजारलाई ब्यवस्थित गर्ने तयारी समेत काम अगाडी बढाइएको पालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala