तनहुँ
अबैध लागू औषध सहित तनहुँ प्रहरीले तिन जना पक्राउ गरेको छ । बुधबार गते बिहान आँबुखैरेनी गाउँपालिका वडा नं।. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले काकडभिट्टाबाट पोखरा तर्फ जान आउदै गरेको मे १ ख ३१९५ नं.को बसलाई रोकी चेकचाँज गर्ने क्रममा उक्त बसमा सबार ३ जना लागुऔषध सहित तिन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३५ की जगमाया गुरुङ, सोही स्थानकी १९ बर्षिय सुस्मिता गुरूङ र जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा नं. ५ बस्ने २९ बर्षिय को अतित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवाराज खड्काले बताए । उनीहरुको साथबाट २२ किलो १८५ ग्राम अबैध लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका तिन जनालाई नियन्त्रणमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरेहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।