तनहुँ
जिल्ला हुलाक कार्यालय तनहुँले अंकित मुल्य भन्दा बढी रुपयाँ लिएर टिकट विक्री नर्गन आग्रह गरेको छ ।
अंकित मुल्यभन्दा बढी रुपयाँ लिएर टिकट विक्री भएको गुनासो आएकालो सुचना जारी गरिएको जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले बताए ।
अंकित मुल्य भन्दा बढी लिएर टिकट विक्री गर्नु गैह्र कानुनी एवम् दण्डनीय कार्य भएको समेत हुलाक कार्यालय तनहुँका प्रमुख भट्टराइले बताए । जिल्ला हुलाक कार्यालय तनहुँले कार्यालयकै काउण्टरबाट सेवा लिन समेत आग्रह गरेको छ ।