images
images
images

आँबुखैरेनीमा बाँसद्वारा निर्मित डस्टविन प्रदर्शनी

images

आँबुखैरेनी
आँबुखैरेनीमा घरेलु बाँसद्वारा निर्मित डस्टविन प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
आँबुखैरेनी गाउँपालिकाको नीति तथा कार्यक्रम बमोजिम “स्थानीय स्रोत, साधन र सीपको पहिचान तथा प्रवर्द्धनको लागि घरेलु बाँसद्वारा निर्मित डस्टविन प्रदर्शनी सम्पन्न भएको गाँउपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । प्रदर्शनीमा आँबुखैरेनी गाउँपालिका वडा नं १ देखी ६ का विभिन्न समुह तथा घरेलु व्यवसायी गरी २० संख्याको उपस्थिति रहेको अध्यक्ष चुमानले बताए । प्रर्दशनीमा आँबुखैरेनी १ निवासी रेशम भुजेल सर्वोउत्कृष्ट भएको गाँउपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विष्णु शर्माले बताए ।

आँबुखैरेनी ६ निवासी सिर बहादुर भुजेल लगाएत प्रदर्शनी कार्यक्रममा उपस्थित घरेलु उद्योगीहरुलाई पालिकाले आभार ब्यक्त गरेको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाले स्थानीय स्रोत, साधन र सीपको पहिचान तथा प्रवर्द्धनको लागि घरेलु बाँसद्वारा निर्मित डस्टविन गाँउपालिकामा प्रयोगमा ल्याउने तयारी गरेको पालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS