दमौली
व्यास नगरपालिकामा घर नक्सा पास गर्दा लाग्ने दस्तुर महानगर पालिकामा भन्दा व्यास नगरपालिकामा बढी तिनुपर्ने भएको छ ।
व्यास नगरपालिकाले आरसिसि घर निर्माण गर्दा घर नक्सा पासको दस्तुत ‘क’ ‘ख’ र ‘ग’ बर्गिकरण गरेर राजश्व लिने गरेको छ ।
व्यास नगरपालिकाले आर्थिक बर्ष २०७९/८०का लागि तय गरेको दस्तुर ‘क’ बर्गको क्षेत्रमा परेकोले प्रति वर्गफुट १७ रुपयाँ राजश्व लिने उल्लेख गरेको छ ।
जवकी भरतपुर महानगर पालिकामा घर नक्सा दस्तुर प्रति वर्गफुट एक तला सम्मको आरसिसि घर बनाउँदा १० रुपयाँ प्रति वर्ग फुट दस्तुर मात्र तिरे पुग्छ । व्यास नगरपालिकाले भरतपुर महानगर भन्दा ७ रुपयाँ प्रति वर्गफुट राजश्व लिने गरेको छ । तनहुँका अन्य पालिकाको तुलनामा व्यासले लिने राजश्व दस्तुर दुई गुणा बढी रहेको छ ।
व्यास नगरपालिकाले ‘ख’ वर्गको क्षेत्रलाई १३ र ग वर्गको क्षेत्रको जग्गामा घर निर्माण गर्दा १० रुपयाँ प्रति वर्ग फुट राजश्व लिने गर्दछ ।
तनहुँको भानु नगरपालिकाले मुख्य बाटोमा त जम्मा ५.५० पैसा प्रति वर्ग फुट मात्र घर नक्साको दस्तुर लिने गरेको छ ।
भानु नगरपालिकाले भित्रि बाटोमा ४.५० रुपयाँ मा घर नक्सा पासको दस्तुर लिने गरेको छ । यस्तै तनहुुँको शुक्लागण्डकी नगरपालिकाले १२ रुपयाँ प्रति वर्ग फुट र ७ रुपयाँ प्रति वर्ग फुट लिने गरेको छ । शुक्लाले ब्यवसायीक प्रकृतिका घरहरुलाई भने ४ रुपयाँ प्रति वर्ग फुट थप राजश्व लिने गरेको छ । तनहुँको भिमाद नगरपालिकाले एक ढलानको आरसिसि घर निर्माणका लागि ५ रुपयाँ प्रती वर्ग फुट,दुई ढलानको ६ रुपयाँ प्रति वर्ग फुट र दुई ढलान माथिका घरलाई ८ रुपयाँ प्रती वर्ग फुट मात्र राजश्व लिने गरेको छ ।
संविधानमा नै समाजवाद उन्मुख उल्लेख गरेको भएपनि स्थानीय सरकारको रुपमा रहेको व्यास नगरपालिकालले जनतालाई घर निर्माणमा नै चर्को राजश्व लिने गरेको छ । मौलिक हक अन्र्तगत पर्ने अवासको हक संविधानमा नै भएको भएपनि जनताको आवास निर्माणका लागि चर्को व्यासनगरपालिकाले घर निर्माण स्वीकृतिमा नै चर्को कर असुल्नु संविधनाको भावना विपरीत कै काम हो ।
व्यास नगरपालिकाले दरबन्दी भन्दा बढी अतिरिक्त कर्मचारी भर्ना गरेर चालुखर्च बृद्वि गरेको भनेर महालेखा परीक्षकको कार्यालयले यसलाई सुधार गर्न प्रत्येक बर्ष सुझाव दिदै आएको छ । तर नगरपालिकाले आन्तरकि आम्दानी देखाउनकै लागि जनतलाई बिभिन्न शिर्षकमा चर्को कर असुल्दै आएको छ ।