तनहुँ
तनहुँमा तीन वटा सरकारी कार्यालयले आर्थिक वर्ष २०७९÷०८० का लागि स्वीकृत कार्यक्रमहरुको सार्वजनिकरण गरेका छन् ।मंगलबार दमौलीमा आयोजित एका कार्यक्रमको आयोजना गरेर कृषि ज्ञान केन्द्र तनहुँ , भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गोरखाले संयुक्त रुपमा बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण गरेका हुन् ।
कृषि ज्ञान केन्द्र तनहुँ का निमित्त प्रमुख राजेश्वर सिलवाललले आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उनका अनुसार चालुवर्ष जग्गामा व्यवसायिक खेती प्रोत्साहन , साना व्यवसायिक कृषिफर्म स्थापना तथा विस्तारका र साना सिचाई कार्यक्रम संचालन,त्यस्तै, तरकारी क्षेत्रफलको आधारमा प्रोत्साहन कार्यक्रम, फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापना, विउमा आत्मानिर्भर बनाउन विउविजन कार्यक्रम लगायतका का विकास कार्यक्रमका लागि ५ करोड ६४ लाख ८० हजारविनियोजन भएको उनले बताए ।
भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँका कार्यालय प्रमुख डा बालकुमार श्रेष्ठले चालु आर्थिक वर्षका स्विकृत वार्षिक कार्यक्रमहरु सार्वजनिकरण गरेका थिए । श्रेष्ठका अनुसार पाडी तथा बाच्छी हुर्काउनको लागि प्रोत्साहन सहयोग , नयाँ माछा पोखरी निर्माण , दुध उत्पादनमा प्रोत्साहन फार्म यन्त्रिकरण कार्यक्रम ,घाँसको बिउ उत्पादन प्रवद्र्धन कार्यक्रम र साना व्यवसायिक फार्म स्थापना तथा विस्तारका रकम विनियोजन भएर आएको बताए ।
योसँगै पशुपन्छीपालन सम्बन्धी तालिमहरु र स्थानीय तहमा पशुखोप र सामुदायिक तथा घरपालुवा कुकुर बन्ध्याकरण गर्ने जस्ता कार्यक्रमहरु संचालन हुने कार्यालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय परियोजना इकाई गोरखा पनि विभिन्न कार्यक्रमहरुका बारेमा कार्यालयकी प्रमुख पुर्णा ढुङ्गानाले बजेट सार्वजनिक गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकास आर्याल,नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मिभक्त खनाल,नेकपा माओवादी केन्द्रका रामचन्द्र सापकोटा,नेकपा एकिकृत समाजवदाीका नेता मंगल प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका श्रीप्रसाद श्रेष्ठ तथा कृषि ज्ञान केन्द्र तनहुँका विजय श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।