व्यास नगरपालिकाले भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्ट गर्न आदिकवि भानुभक्त क्याम्पससँग सहकार्य गर्ने भएको छ ।
क्याम्पसमा रहेका प्रविधिमैत्री जनशक्तिको प्रयोग गरी १४ वटै वडाको भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्ट गर्ने आइतबार सहमति भएको हो । नगरपालिकामा संकलन भएका ५५ सय लगतलाई १ महिना भित्र कम्प्युटरमा प्रविष्ट गर्ने कार्यका लागि क्याम्पसँग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले हाल वडा नं १,२,३ को निस्सा वितरण कार्य सम्पन्न भइसकेको छ ।
बाकी वडाहरुको कार्य यसै सम्झौता बमोजिम १ महिना भित्र निस्सा बाड्ने तयारी भएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरेराम नागीलाले बताए ।