images
images
images

सहकारीद्वारा आश्रमलाई सहयोग

images

तनहुँ – उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले व्यास ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई ११ हजार १ सय५ रुपैंैयाँ प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्र्तगत सहकारी संस्थाको तर्फबाट ५ हजार ५ सय पचपन्न रुपैंयाँ र संचालक समिति र कर्मचारी मध्येबाट ५ हजार ५ सय रुपैंयाँगरी उक्त रकम प्रदान गरिएको हो । आश्रममा नै पुगेर ज्येष्ठ नागरिक र संचालक समितिमाझ कार्यक्रम गरी उक्त रकम प्रदान गरिएको हो । दमौलीबजार क्षेत्रमा व्यवसायीक परिवारका महिलाद्धारा आश्रम संचालन गरिएको हो ।
सामाजिक उत्तर दायित्व बहन गर्ने उद्धेश्यले सहकारी संस्थाको नियमित कार्यक्रम अन्र्तगत वृद्धाश्रमलाई आर्थिक सहयोग प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठ विकल्पले बताए । व्यास नगरक्षेत्रमा उत्कृष्ट सहकारी बनाउने सोंचले स्थापना गरिएको सहकारीको उद्धेश्य नै सहकार्यका साथ समाज परिवर्तन रहेकोले आफूहरुले वृद्धाश्रममा उक्त रकम सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए ।
‘वेवारिसे अवस्थाका आमाहरुलाई पुन्यको काम महिलाहरुले गर्दै आउनुभएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीले गरेको कार्यबाट कसैको भोक मेटिन्छ भने किन सहयोग नगर्ने भनेर हामीहरुले सहयोग गरेकाहौं ।’ सहकार्यको भावना व्यवहारमा नै नभएसम्म वास्तविक सहकारी हुननसक्ने उनले बताए । समाज परिवर्तनको लागि सहकारीको योगदान अहम् हुने ठानेर आफूहरुले सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । महिला, बालबालिका, ज्येष्ठ नागरिक र असक्त अपांगता भएकाहरुलाई सस्तो र गुणस्तीय सेवा सुविधा पु¥याउने उद्धेश्यले आफूहरुले दमौलीबजार क्षेत्रमा छिट्टै अस्पताल संचालनगर्न अध्ययन गरीरहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

महिला दिदीबहिनीहरुको महत्वपूर्ण योगदानका कारण आश्रममा अधिकांश मानिसहरुबाट सहयोग बढ्दै गएको व्यास नगरपालिका वडा नम्बर ३ की सदस्य विनु श्रेष्ठले बताईन् । आफन्त विहिन आमाहरुलाई आश्रय दिने कार्य आश्रमले गरेकोले आश्रम संचालक महिलाहरुको जति प्रशंसा गरे पनि कम हुने सहकारीका सचिव पूर्ण विकेले बताए । समाजमा महिलाले चाहे धेरै सकारात्मक कार्य गर्न सकिने रहेछ भन्ने सन्देश आश्रम संचालक महिलाहरुबाट सिकिने उनले बताए ।
यस अघि आश्रम संचालक महिलाहरु आवद्ध दमौली स्थित मादिसेती महिला बचत तथा ऋण सहकारी संस्थालि.ले आश्रमलाई आर्थिक सहयोग गरेपनि सामाजिक भावनाबाट प्रेरित भई उक्तआश्रमलाई आर्थिक सहयोग गर्ने अन्य सहकारी मध्ये उद्यमशील सहकारी नै पहिलो भएको आश्रम संचालक समितिकी सचिव निर्मला मल्लले बताईन् । सबै क्षेत्रबाट आफूहरुलाई सकारात्मक साथ र हौसलामिलेकोले आफूहरुले वेवारिसे अवस्थाका वृद्धा आमाहरुलाई आश्रममा राख्न सकेको उनले जानकारी दिईन् । ‘हामी आवद्ध सहकारीले त पहिलाआश्रमलाई सहयोग गरेकै हो,’ सचिवमल्लले भनिन्, ‘तर अन्य सदस्य आवद्ध सहकारीबाट प्राप्त यो रकमभने पहिलो हो । त्यसको लागिउद्यमशील सहकारी परिवारलाई धन्यवाद व्यक्त गर्दछौं ।’
कोहीपनि परिवारबाट विस्थापित भई सडकमा आउनु हुँदैन भन्ने भावनाले आफूहरुले संचालन गरेको आश्रममाअधिकांशले सहयोग गर्नुपर्छ भन्ने भावना राख्दै जानु सकारात्मक भएको आश्रमकी काषाध्यक्ष अरुणा श्रेष्ठलेबताईन् । ज्येष्ठ नागरिकलाई घरपरिवारमा नै राख्नुपर्छ भन्ने सन्देश प्रवाहगर्न आवश्यक ठानेको आश्रमकीअध्यक्ष सकुन्तलाआलेले बताईन् । आश्रममा घरपरिवार विहिनआमाहरुले आश्रय लिदैं आएकोले उनीहरुको परिवारका सदस्यहरु नै आफूहरु भएको उनले बताईन् । ‘आश्रममा बस्ने आमाहरुको कोहीपनि मान्छे छैनन् भन्दापनि हुन्छ,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिक भनेका घरकाअगुवा र अनुभवका स्रोत हुन् भन्ने भावना सवैमाजाग्नआवश्यक छ ।’
उद्यमशील सहकारी संस्थाकाकोषाध्यक्षभिमसिंह ठकुरी, लेखा संयोजक अमर थापा, सह कोषाध्यक्ष नविन श्रेष्ठ, सदस्य राधिकालम्सालखनाल र व्यवस्थापक सन्दिप गुरुङ लगायत २५ जना बढीले आश्रमको विकासको लागिआफूहरु हरेक क्षेत्रबाट तत्पर रहेकोप्रतिवद्धता व्यक्त गरेकाथिए ।
सहकारीकर्मीहरुलाई सहसचिव सरस्वती श्रेष्ठ (सरु), सदस्यहरु पवित्राखनाल र आशाबानियाँ, कमलामल्ललगायतले स्वागत गरेकाथिए । २०७० सालमा स्थापनाभएको आश्रममा हाल जिल्लाका ६ जना आमा बस्दै आएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS