
दमौली
व्यास नगरपालिकाको बोर्ड बैठकले वडा सचिवहरुका लागि तलव अतिरिक्त मासिक सुविधा दिने निर्णय गरेको छ ।
व्यास नगरपालिका नगर कार्यपालिकाको २०७९ साउन ८ गते बसेको बोर्ड बैठकले निर्णय गर्दै वडा सचिवहरुलाई सुविधा दिने निर्णय गरेको हो ।
विकास खर्च भन्दा चालु खर्च अत्याधिक बढ्दै गएकोले यस्ता खर्चमा कम गनुपर्ने महालेखापरीक्षको प्रतिवेदनमा औल्याएको अवस्थामा त्यसको प्रतिकुलता हुने गरी नगरपालिकाले वडा सचिवहरुका लागि रकम सुविधा दिने निर्णय गरेको छ ।
व्यास नगरपालिका नगर कार्यपालिकाको २०७९ साउन ८ गते बसेको बोर्ड बैठकको निर्णय नं.१६ मा वडा ब्यवस्थापन खर्चको मापदण्ड तयार गरेर सुविधा दिने निर्णय गरेको हो ।
नगरपालिकाले वडा सचिव सञ्चार खर्च १ हजार , वडा सचिव इन्धन खर्चः ग्रामिण वडा मासिक रु.३ हजार र शहरी वडा मासिक रु.२ हजार , कार्यालयको मोटरसाइकल मर्मत खर्च मासिक रु.१ हजार ५ सय (प्रति मोटरसाइकल) र अन्य विविध खर्चः ग्रामिण वडा मासिक रु.२ हजार पँच सय र शहरी वडा मासिक रु.३ हजार पँच सय गरी मासिक ८ हजार दिने निर्णय गरेको छ ।
यसै गरी बोर्ड बैठकले वडा कार्यालय व्यवस्था तथा सञ्चालन मासिक खर्चतर्फ वडा कार्यालयको विद्युत तथा खानेपानी महशुलः मासिक रु.२ हजार ५ सय (बिल बमोजिम),सरसफाईका सामान खरिदः मासिक रु.१हजार, कम्प्युटर प्रिन्टर फोटोकपी मर्मत खर्चः मासिक रु.२ हजार जेनेरेटरका लागि इन्धन खर्चः मासिक रु.१ हजार, बैठक खाजा खर्चः मासिक रु.५ हजार ५ सय समत दिने निणर्य गरेको छ । बोर्ड बैठकले निर्णय गरेपनि त्यो दिन जारी विज्ञप्तीमा यो निर्णय सार्वजनिक गरिएको थिएन ।