images
images
images

तनहुँमा एक वर्षमा ५५ हजार ६ सय सवारी साधन कारबाहीमा

images

दमौली
तनहुँमा एक वर्षको अवधिमा ५५ हजार ६ सय सवारी साधन कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक कार्यालय तनहुँका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कारबाहीका परेका सवारी साधन बापत जरिवानाबाट ३ करोड ७९ लाख ३३ हजार राजश्व सङ्कलन भएको छ ।
कार्यालयले सडकमा गुड्ने ट्रक/ट्रिपर, बस, माइक्रो बस, जीप कार, ट्याक्टर, मोटरसाइकल, टेम्पो तथा अन्य सवारी साधनबाट हुने ट्राफिक कारबाहीबाट जरिवाना असुल्दै आएको छ ।
सबैभन्दा बढी राजश्व सङ्कलन मोटरसाइकल कम ट्याक्टरबाट
जिल्लाका सडकमा चल्ने सबै सवारी साधनमध्ये सबैभन्दा बढी ट्राफिक कारबाहीमा मोटरसाइकल परेका छन् र यसबाटै बढी राजश्व सङ्कलन भएको छ ।
एक वर्षमा कार्यालयले २० हजार ६ सय ४५ मोटरसाइकललाई कारबाही गरेर १ करोड ४८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने २ हजार ९ सय ८८ टयाक्टरलाई कारबाही गरेर २० लाख ४७ हजार ५ सय राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । यसैगरी ११ हजार ३ सय ८७ ट्रक/ टिपरलाई कारबाही गरी ७८ लाख २७ हजार, १२ हजार ४ सय ५ कार/जीपलाई कारबाही गरी ७९ लाख ७९ हजार ५ सय र ७ हजार ५ सय १९ बसलाई कारबाही गरी ४८ लाख ५६ हजार राजस्व संकलन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले सवारीसाधनको सङ्ख्या बढेसँगै ट्राफिक उल्लङ्घनको सङ्ख्या पनि वृद्धि हुने बताए । उनका अनुसार जिल्लाका सडकमा चल्ने सवारीसाधन मध्ये दुई चक्के सवारी साधनको सङ्ख्या बढी भएको र उल्लङ्घनका घटना पनि सोही प्रकृतिका सवारीसाधनबाट भएकोले औसत रुपमा अन्य सवारीसाधन भन्दा मोटरसाइकलको कारबाही संख्यासँगै राजश्व पनि बढेको हो । ट्याक्टरको संख्या कम रहेको र विशेष गरी ग्रामीण इलाकामा कृषिकर्म र ढुवानीमा प्रयोग हुने भएकोले कारबाहीसँगै राजश्व कम भएको उनको भनाई छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS