images
images
images

तनहुँमा एक बर्षमा ३३ सय ५४ धारा जडान

images

तनहुँ
तनहुँमा एक बर्षमा ३ हजार ३ सय ५४ वटा नीजि धारा जडान भएको छ । आर्थिक २०७८/ ०७९ मा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले सो धाराहरु जडान गरेको हो । जिल्लामा संचालित १२ वटा खानेपानी आयोजना सम्पन्न भएपश्चात सो धाराहरु जडान भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका इन्जिनिरयर बामदेव पौडेलले बताए । तनहुँमा आर्थिक बर्ष २०७८÷ ०७९ मा १ सय ६९ वटा खानेपानीका आयोजनाहरु संचालनमा रहेको १२ वटा सम्पन्न भएको अन्य योजनाहरु निर्माणधिन रहेको समेत इन्जिनियर पौडेलले बताए ।
तनहुँमा गएको आर्थिक बर्षम सिभिल खानेपानी आयोजना भिमाद–४,आहालडाडा सोलार लिफ्टिङ खोनेपानी आयोजना भानु–१३,हतेनी खानेपानी योजना व्यास–९, कौसेनी खानेपानी योजना भिमाद–२,घिमिरे गाँउ दरकाङ खानेपानी योजना भिमाद–१ सम्पन्न भएको कार्यालयले जनाएको छ ।
यस्तै दुलेगौडा खानेपानी योजना शुक्ला–४,फिरफिरे, भिरपानी,–कुन्द्रे खोल्सी खानेपानी योजना शुक्ला–१२,चौरबोट खानेपानी आयोजना शुक्ला –११,मादीवेसी खानेपानी योजना व्यास–६ र आँबुखैरेनी– ६ देउराली पहेरी खानेपानी आयोजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आर्थिक बर्षमा नवलपुर जिल्लामा १९ सय ४९ वटा खानेपानीका नीजि धारहरु समेत निर्माण सम्पन्न गरेको जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS