
तनहुँ
आँबुखैरेनी गाँउपालिकाले गाँउपालिकामा आएका र सरुवा भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृतहरुको र स्वागत र विधाई गरेको छ । पालिकाले आँबुखैरेनी गाँउपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका विष्णु प्रसाद शर्माको स्वागत र सोही गाँउपालिकाबाट कास्किको मादी गाँउपालिका सरुवा भएर जान लागेका प्रमुख प्रशाशकीय अधिकृत गोपि कृष्ण अर्याल को विधार्इ गरिएको हो । सो अवसरमा गाँउपालिकाका अध्यक्ष शुक्र चुमान ,उपाध्यक्ष दुर्गा आर्याल लगायतका कर्मचारीहरुले टिका माला सहित संयुक्त रुपमा स्वागत र विधाई गरेका थिए ।
सो अवसरमा आँबुखैरेनी गाउँपालिका वाट किर्तिपुर नगरपालिका सरुवा भएका लेखापाल सन्जय काफ्ले , उच्च शिक्षा हासिल गर्न विदेश जान लागेकी अनमी सोर्णिमा गुरुङ को विधाई गरिएको गाँउपालिकाले जनाएको छ ।