दमौली
जिल्ला प्रशासन कार्यालय तनहुँबाट आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड ८० लाख ६२ हजार ३७० राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रशासन तनहुँबाट ६ हजार ६१९ जनालाई राहदानी समेत वितरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेका अनुसार सोही अवधिमा कार्यालयमा ८४ वटा सङ्घसंस्था दर्ता, ७८५ संस्था नवीकरण, नाबालक परिचयपत्र २७७ वटा र राष्ट्रिय परिचयपत्र १ लाख ५१ हजार ८०१ जनाको दर्ता गरिएको छ । असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीवापत रु ४ करोड ८० लाख ६२ हजार ३७० राजस्व सङ्कलन गरेको छ ।
२३ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र
जिल्ला प्रशासन कार्यालय तनहुँबाट आर्थिक वर्ष २०७८÷७९ मा नागरिकता लिनेको संख्या बढेको प्रशासनले जनाएको छ । गत असार मसान्तसम्ममा २३ हजार १३५ जनाले नागरिकताको प्रमाणपत्र लिएको
जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिकता लिनेमध्ये वंशजका आधारमा १३ हजार ५१६ वैवाहिक अङ्गीकृतका आधारमा १३ जना र प्रतिलिपि ९ हजार ६०६ जनाले लिएको उनले बताए । अघिल्लो आव २०७७÷७८ मा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकता लगायतका कार्यसमेत प्रभावित भएको थियो ।