घिरिङ
दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको आइतबमर उद्घाटन भएको छ । घिरिङ गाँउपालिका वडा नं १ बैडीमा रहेको विद्यालयको भवनको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले रिबन काटेर उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख वाग्लले तनहुँका सामुदायिक विद्यालयमा भवन लगायतका पुर्वाधार विकासको अवस्था सन्तोषजन रहेको बताए । सो अवसरमा भारतिय दूतावासका प्रथम सचिब साहिल कुमार, घिरिङ्ग गाउँपालिका अध्यक्ष होम बहादुर थापा, शिक्षा बिकास तथा समन्वय इकाइ तनहुँका प्रमुख बसन्तराज पौड्याल र विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद अधिकारीले मन्तव्य ब्यक्त गरेका थिए ।
भारतीय राजदूतावासको २ करोड १९ लाख ५६ हजार र जिल्ला बिकास समितीको १३ लाख आर्थिक सहयोगमा नेपाल–भारत मैत्री भवन निर्माण सम्पन्न भएको हो।