images
images
images

ऋषिङ गाँउपालिकामा बेथिति ,लकडाउनमा ७ लाख ४० हजार खर्चेर तालिम

images

तनहुँ
कोभिडको दोश्रो लहरमा नागरिकहरु त्रासका विच बन्दाबन्दीमा घरभित्रै रहेकोे अवस्थामा ऋषिङ गाँउपालिकाले ठुलो रकम खर्चेर तालिम गरेको पाइएको छ । गाँउपालिकाले आर्थिक बर्ष २०७७/०७८ लकडाउनको समयमा भौतिक उपस्थितिमा तालिम संचालन गरेको बिषय छानविन गरी एकिन गनुपर्ने महालेखापरीक्षको प्रतिवेदनमा औल्याएको छ ।
महालेखाको बार्षिक प्रतिवेदन २०७९मा सो कुरा औल्याएको हो । गाँउपालिकाले लकडाउनको समयमा कार्यक्रम गरी गरी ७ लाख ४० हजार रुपयाँ खर्चको भुक्तानी को समेत औचित्य नदेखेको प्रतिवेदनमा उल्लेख गरेको छ । जिल्लाभर लकडाउ हुँदा भौतिक उपस्थितिमा कार्यक्रम कसरी सम्पन्न भएको हो एकिन गुनपर्ने समेत महालेखापरीक्षको प्रतिवेदनमा औल्याएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनमा भनेको छ ‘विश्वयापी फैलएको कोरोना महामारीवाट तनहुँमा पनि प्रभाव परेको भनी जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारीबाट मिति २०७८/०१/२१ जारी भएको आदेशको वुँदा नं ३ (क) मा सिनेमा हल, पार्टी यालेस, डान्स वार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्मिङ पुल, सभा, आमसभा, जुलुस, हाटवजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद, तालिम,सेमिनार , भौतिक उपस्थिस्तिमा संचालन हुने शिक्षण प्रशिक्षण मानिसहरुको भिडमाड हुने सवै प्रकारका कार्यक्रम वद गर्न आदेश जारी भई २०७८/०३/१५ सम पनि सोही आदेशको निरन्तरता र थप कडाईका साथ पालना भएको अवस्थामा मिति २०७८ बैशाख १२ गते सझौता भई तोकिएको समयमै तालिम सपन्न भयो भनी भुक्तानी दिनु औचित्य पुर्ण देखिदैइनन् । यसरी विश्वव्यापी कोरोना संक्रमण र निशेधाज्ञाको समयमा तालिम कार्यक्रम सम्पन्न भएको भनी भुक्तानी भएको सम्बनधमा छानिवन गरी एकिन गनुपर्ने ।’ उल्लेख गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS