तनहुँ
राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक भएको एसईईको नतिजामा व्यास– ३ स्थित गोरखकाली आवसीय माध्यमिक विद्यालयकका छात्र अनिस पन्तले ३.८० जिपीए प्राप्त गरेका छन् । विद्यालयले आफ्नो विद्यालयका छात्र पन्तले संस्थागत विद्यालय तर्फ जिल्लामा नै सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । छात्र पन्तले ३.८० जीपीए नतिजा ल्याएकोमा विद्यालयले खुसी समेत व्यक्त गरेको छ । विद्यालयका सहायक प्रिन्सीपल तिर्थराज रानाभाटले आफ्नो विद्यालयमा अध्यनरत विद्यार्थी उत्कृत नतिजा ल्याउनु सिङगो विद्यालय परिवारका लागि गौरवको विषय भएको बताए ।
विद्यालयका छात्र पन्तले उत्कृष्ट नतिजा ल्याएसगै विद्यालयतहमा थप गुणस्तरीय शिक्षा दिने विषयमा प्रेरणा मिलेको प्रिन्सीपल रानभाटले बताए । छात्र पन्तले उत्कृष्ट नतिजा ल्याएसगै गोरखकाली आवसीय माध्यमिक विद्यालयले दमौलीमा शैक्षिक क्षेत्रमा आफ्नो नाम अग्रस्थानमा राख्न सफल भएको विद्यलायले जनाएको छ । गोरखकाली आवासीय माध्यमिक विद्यालयबाट यस बर्ष २७ जना विद्यार्थी एसइई परीक्षामा सहभागि भएका थिए । परीक्षामा सामेल भएका मध्ये ४ जनाले ३ं.२ जिपीए भन्दा माथि ल्याएका छन् । भने अन्य विद्यार्थीको नतिजा समेत उत्कृष्ट रहेको विद्यालयले जनाएको छ ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा तनहुँमा ३.६ देखि ४ जीपीए सम्म ल्याउने विद्यार्थीको संख्या ४७ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या २९३, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ६६३ रहेको छ । तनहुँमा यस बर्षको एसईई परीक्षामा ६ हजार १ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।