दमौली
जिल्ला हुलाक कार्यालय मार्फत एक बर्षमा ३१ हजार १ सय ९७ चिठि पत्र निर्यात भएको छ । जिल्ला हुलाक कार्यालय तनहुँले आर्थिक बर्ष २०७८/०७९ मा ३१ हजार १ सय ९७ चिठिपत्र निर्यात गरेको हो ।
जिल्लाभित्र र वाहिर गरी साधारण चिठि १७ सय ७७,रजिष्ट्री ५ हजार ३ सय ८० चिठि पत्र निर्यात भएको कार्यालयले जनाएको छ । त्यस्तै साना पकेट ३ सय २९,पार्सल ९० वटा पत्रपत्रिका १७ सय ५९ र बुक पोष्ट ४३० वटा निर्यात भएको जिल्ला हुलाक कार्यालय तनहुँले जनाएको छ । सो अवधिमा तनहुँमा ८ सय ७५ वटा चिठिपत्र वितरण हुन नसकी फिता भएको समेत कार्यालयका प्रमुख मित्रलाल भट्टराइले बताए ।
आर्थिक बर्ष २०७८/०७९ मा जिल्लामा १७ हजार ५ सय ९७ चिठिपत्र आयात भएको कार्यालयले जनाएको छ । हुलाक कार्यालय तनहुँका अनुसार साधारण चिठि २ हजार ६३ ,रजिष्ट्री ११ हजार ९ सय ३९ चिठि पत्र निर्यात भएको कार्यालयले जनाएको छ । त्यस्तै पार्सल ९० वटा पत्रपत्रिका १ सय ४० अन्धासाहित्य १ वटा आयत भएको कार्यालयले जनाएको छ । सो समयमा आयात भएका चिठिमा ३ सय ९७ थान चिठी फिर्ता भएको कार्यालयले जनाएको छ ।
जिल्ला हुलाक कार्यालय तनहुँले १४ वटा इलाका र ३७ वटा अतिरिक्त हुलाक कार्यालयमा १ सय १८ जना जनशक्तिले प्रवाह गर्दै आएका छन् ।