आँबुखैरेनी
आँबुखैरेनी गाँउपालिकाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोभिड–१९बाट पिडित विपन्न परिवारलाई राहत वितरण शुरु गरिएको हो ।
पालिकाका अध्यक्ष शुक्र चुमानले पिडित परिवालाई एक कार्यक्रम गरेर रकम हस्तान्तरण गरेका हुन् । सो रकम हस्तान्तरण गर्दै अध्यक्ष चुमानले पालिकाले साहारा विहीन नागरिकको साहार बन्ने बताए । कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्याल वडा नं. ५ का वडा अध्यक्ष संतोष गुरुङ स्वास्थ्य शाखा प्रमुख अगम राज उपाध्यायस्वास्थ्य शाखा साहयक प्रमोद शाह,ल्याव टेक्नीसियन अमृत पण्डितर अनमी मन्दिरा अधिकारीको कार्यक्रममा सहभागिता रहेको थियो । पालिकाले प्रति ब्यक्ति १० हजार रुपयाँका दरले राहत वितरण गरेको जनाएको छ ।
बुधबार मात्रै पालिकाको वडा नं. ५ का ५३ परिवारलाई राहत वितरण गरिएको आँबुखैरेनी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यले बताए । कोभिड–१९ बाट प्रभावित पालिकाभरीका २ सय ७० जना विपन्न परिवारलाई २७ लाख रुपया राहत वितरण गरिने स्वास्थ्य शाखा प्रमुख उपाध्ययले बताए । कोभिड–१९बाट पिडित अत्ति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यक्रम वडा नं १ देखि ६ सम्म बाड्ने तयारी रहेको समेत पालिकाले जनाएको छ ।