तनहुँ
तनहुँको देवघाट गाँउपालिकाले सामुदाियक वनवाट उठाउनु पर्ने ४३ लाख ६४हजार ६ सय ३७ रुपयाँ असुल गर्न सकेको छैन् ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२ ‘ख ’मा सामुदाियक वन उपभोक्ता सिमितिले वन पैदावार विक्री तथा उपयोग सम्वन्धि बिषय बार्षिक कार्य योजना वनाई सम्बन्धित स्थानीय तहवाट स्वीकृत गराउनुपर्ने र सामुदायिक वनले वन पैदावारको विक्री वापतको हुने रकमको १० प्रतिशत रकम पालिकामा वुझाउनुपनै ब्यवथा छ । सो ब्यवस्था अन्र्तगत पालिकाका भित्रका सामुदायिक वनबाट राजश्व असुल उपर गर्न पालिकाले नसकेको हो ।
जिल्ला वन कायालय तनहुँले देवघाट गाँउपालिको आर्थिक बर्ष २०७७÷७८ मा ४ करोड ३६ लाख ४६ हजार ३ सय ७६ हजार बराबरको वनपैदावर विक्री गरेको जनाएको छ । सो विक्री अनुसार देवघाट गाँउपालिका अन्र्तगतका सामुदायिक वन उपभोक्ता समितिले वन पैदावार वक्री गरेकोमा उक्त रकमको १० प्रतिसतले हुन आउने रकम यस पालिकामा वुझाउनुपर्नमा वुझाएको छैन् ।
सो रकम रकम उठाउन स्थानीय तहले कुनै पहल समेत नगरेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख रहेको छ ।