images
images
images

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँ पुरस्कृत

images

तनहुँ

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँ पुरस्कृत भएको छ । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखराले ९० प्रतिशत भन्दा बढी वित्तिय प्रगती हासिल गर्ने कार्यालयलाई सम्मान गरेको हो । ऊर्जा, जलस्रोत तथा खानेपानी मनत्री हरीशरण आचार्य र सचिव रामकुमार श्रेष्ठले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्र न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले प्रदेशमा रहेका तनहुँ सहित ९० प्रतिसत भन्दा बढी वित्तिय प्रगति हासिल गरेका नौ वटा कार्यालयलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सम्मान गरेको मन्त्रीका स्वकीय सचिव कुमार तिवारीले बताए । सम्मानीत हुने कार्यालयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखा,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङजा,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँ बाग्लुङ रेहका छन् ।

 

यसैगरी सिंचाई विकास डिभिजन कार्यलय मनाङ, भुमिगत जलश्रोत सिंचाई डिभिजन कार्यालय सिंचाई विकास डिभिजन कार्यलय कास्की, सिंचाई विकास डिभिजन कार्यलय स्याङजा र कास्की सिंचाई विकास डिभिजन कार्यलय रहेका छन् ।

images