images
images
images

व्यास नगरपालिकाको बैठक ः पुर्व मेयरहरु सहित ५ जना सल्लाहकार मनोनित

images

दमौली
व्यास नगरपालिका आइतबार बसेको नियमित वैठकले ५ जना नगर सल्लाहकार मनोनित गरेको छ ।
नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले साल्लाहकारहरु चयन गरेको हो ।
बैठकले मनोनीत गरेको सल्लाहकारहरुमा पुर्व नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, पुर्व नगर प्रमुख धुव्र वाग्ले व्यास–३का इञ्जिनियर सुर्य नारायण श्रेष्ठ, व्यास–१का पर्यटनविद् हरिसिं गुरुङ व्यास–१ का कृषि विज्ञ थम बहादुर दरै रहेका छन् ।
यसैगरी नगरपालिकाले व्यास नगरपालिकाको कानूनी सल्लाहकारमा अधिवक्ता यज्ञ बहादुर रानालाई निरन्तरता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
बैठकले व्यास नगर स्वंयम सेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको छ । । साथै ४० जना स्वंयमसेवक शिक्षक समावेशी आधारमा छनोट गर्ने समेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
बैठकले मतदान केन्द्र परिवर्तन सम्बन्धमा सर्वदलिय वैठकबाट भएका निर्णय अनुसार मतदान केन्द्र थप विवरणको आवश्यक तयारी गर्न सम्बन्धित वडा समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले व्यास नगरपालिका खेलकुद समिति गडन गरेको छ । समितिको अध्यक्षमाा वडा नं ९ का अध्यक्ष सुरेश थापा सदस्यमा जीवन गुरुङ, वडाध्यक्ष ६, विश्व अधिकारी वडा नं ३ सदस्य रहने गरी मनोनयन गर्ने र बाकिँ सदस्यहरु आगामि बैठकमा थप गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिकाको प्रवक्तामा वडा नं ६ का अध्यक्ष जीवन गुरुंङलाई मनोनयन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाको विभिन्न गतिविधिका बारेमा सल्लाह सुझाब दिन नगर प्रमुख, उप–प्रमुख , प्रमुख प्रशासकीय अधिकृत समेतको उपस्थितिमा हरेक महिनाको २ गते विहान ११.३० वजे नगरपालिकामा नगरबासीँसग सम्बाद कार्यक्रम गर्ने र हरेक महिनाको एक दिन सम्बन्धित वडा समितिले निर्णय गरेको मिति, समय र स्थानमा वडा बासींसँग वडाअध्यक्ष समेत प्रतिनिधिसंग सम्बाद कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ । बैठकले विपद् व्यवस्थापन अन्तरगत सतर्क रहन नगरबासीलाई अनुरोध गर्ने र पुर्नस्थापनाका लागि तत्काल संम्बोधन गर्न आवश्यक जाली, ह्मुम पाइप खरिद गर्ने, घर, गोठ, जग्गा जमिन संरक्षणको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
दमौली बजारमा २०७८ फागुन २० गते भएको आगलागी पिडितहरु र अन्य विभिन्न घटनामा प्रभावितहरुलाई राहत सुविधा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS