
तनहुँ
म्याग्दे गाउँ पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भष्ट्राचार पनि नगर्ने र गर्न पनि नदिने बताएका छन् । म्याग्दे गाँउपालिका वडा नं १ को वाख्रेमा आयोजित आम जन सुमदायको भेलालाई सम्वोधन गर्दै श्रेष्ठले सो कुरा वताएका हुन् ।
श्रेष्ठले भने ‘गरिव नै रहे र रहनेछु तर भष्ट्राचार गर्दिन’् । जनताहरुले जिताएर पठाएको जन प्रतिनिधी भएको हुनाले भष्ट्राचार र आफुवाट गलत काम कहिल्यै नहुने हँुदा विश्वस्त हुन आग्रह गरे । साविक जामुने गाविस हुदाँ पनि आफुले यस क्षेत्रको गरिव, उत्पीडित र दलित समुदायको उठानका लागी वोलेको तर सोच अनुरुप यस क्षेत्रको विकास नभएको हुदाँ यसमा आम समुदाय नै चनाखो वन्नुपर्ने वताए । यस दलित तर गरिव क्षेत्रको विकासका लागी आफुले विभिन्न समुदायमा पर्याप्त पहल गरेर वजेट निकासा गरेको भएतापनि यस क्षेत्रका नै जनता आवश्यकभन्दा वढि राजनिती गरेको हुनाले पछाडी परेको वताए । हरेक क्षेत्रमा राजनिती हुदाँ आएको वजेटमा काम नहुने, भएता पनि वजेटमा दुरुपयोग भएको हुदाँ विकासमा पछाडी परेको वताए । विकास निर्माणमा राजनिती हुदाँ उल्लेख्य रकम फ्रिज भएको उनले वताए ।
म सधै गरिव र पिछडिएको वर्गको साथमा रहेको हुदाँआफुले सकेको विकास निर्माण र जनस्तरको विकासमा ध्यान दिने समेत वताए । समाज रुपान्तरण हुनका लागी स्थानिय व्यक्तित्व नै जागरुक हुनुपर्ने हुदाँ सवैलाई कृषि र उत्पादनमा जोडिन समेत आग्रह गरे । देखासिकीको उत्पादन प्रणाली होईन, समाज र आवश्यकताका आधारमा कृषिमा लाग्नुपर्ने समेत श्रेष्ठले वताए ।
सो आम भेलामा म्याग्दे गाँउपालिका वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्लेले जनताको सेवक भएर काम गर्नका लागी आफु तत्पर भएको वताए । जनताको पक्षमाकामगर्न जिम्मेवार लिएको हुदाँत्यसभन्दा फरक नहुने वताए । विकास निर्माण, जनताको स्तर उकास्नकालागी स्थानिय सरकार र जनता सँगसँगै हिड्नपर्ने भएको हुदाँ समेत हातेमालो गरेर अगाडी वढ्न समेत आग्रह गरे ।