म्याग्दे
म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०७८।०७९ को वजेट तथा खर्चको वार्षिक समिाक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममामा आर्थिक वर्ष ०७८।०७९ मा भएको कार्यप्रगती तथा वजेट तथा खर्चको वार्षिक को समिक्षा भएको हो ।
गाँउपालिकाका कार्यकारी अधिकृत नारायण अधिकारीले गत आर्थिक वर्षमा पालिकाले ८० प्रतिशत कार्ययोजनाको कार्यन्वयन भएको वताए ।
कार्यक्रममा आर्थिक प्रगती पशु सेवा शाखाको वार्षिक प्रतिवेदन, कृषि शाखाको प्रगती प्रतिवेदन, शिक्षा शाखा अन्र्तगतको विवरण, शशर्त विनियोजित वजेट कार्यक्रम, अपाङ्गगताको विवरण, जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम, उद्यम विकास कार्यक्रम
पुर्वाधार विकास कार्यक्रम अन्र्तगतका प्रगति विवरणहरुको वारेमा समिक्षा गरिएको थियो । जसअन्र्तगत वडा निर्माण भवन, प्रशाशकिय भवन, गाँउपालिकाको सभाहल, थर्पु स्वास्थ्य चौकीलाई १० शैयाको आधारभुत अस्पताल, ल्याण्डफिल साईडमा भएको प्रगति विवरणको समिक्षा गरिएको थियो ।
समिक्षात्मक कार्यक्रममा गाँउपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, कार्यपालिका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, वडाध्यक्षहरु लगायत सम्पुर्ण टोल विकास समितीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विगतको कामको समिक्षालाई अध्ययन गरि आव ०७९÷०८० को वजेट वनाईएको हुदाँ वजेट कार्यन्वयनमा सवैले साथ दिन आग्रह गरे।
सवैको सहयोग र सल्लाहले नै समृद्ध म्याग्दे वनाउन सकिने हुदाँ सम्पुर्ण नागरिकवाट सहयोगको अपेक्षा पनि गरेको वताए।