तनहुँ
तनहुँको बन्दिपुरमा माउन्ेटन रिर्साटको जग्गाको भाडा २५ बर्ष सम्म पनि पुनरावलोकन भएको छैन् । सम्र्झौताको बखत सो जग्गाको भाडा समय अनुकुल प्रत्येक १० बर्षमा भाडा बृद्वी हुने उल्लेख भएको भएपनि हाल सम्म भाडा नबढाएको हो । बन्दिपुर माउन्टेन रिर्सोटको भाडा समयअनुकुल नबढेको महालेखा परीक्षकको ५९ औ प्रतिवेदनमा समेत औल्याएको छ ।
महालेखा परीक्षकको ५९ औ प्रतिवेदनमा २०५४ सालमा प्रतिहेक्टर प्रतिबर्ष ७ सय ७२ का दरले ३० बर्षका लागि लिजमा दिने सम्झौता भएको वन नियावली,२०५५ को अनुसूची २० मा कबुलियति वनको बार्षिक दस्तुर उल्लेख गरेको र उक्त शुल्क प्रत्येक १० बर्षमा पुनरावलोकन गर्न सकिने व्यवस्था भएपनि हाल सम्म अनुसार भाडा परिर्वतन नभएको प्रतिवेदनमा उल्लेख छ ।
जग्गाको भाडा सम्झौता भएको २५ बर्ष सम पनि भाडा परिर्वतन नभएको हो । पर्यटकीय नगरी बन्दिपुरको मुख्य स्थानमा रहेको जग्गालाई लामो सय सम्म भाडा नबढेके हो । बन्दिपुरको मुख्य स्थानमा रहेको जग्गा रिर्साेटल १९ रोपीनी जग्गा भाडामा लिएके हो । अहिले बन्दिपुरमा रहेको जग्गाको भाडा कम्तीमा बार्षिक रोपनी
महालेखा परीक्षकको ५९ औ प्रतिवेदनमा ‘वन नियावली,२०५५ को अनुसूची २० मा कबुलियति वनको बार्षिक दस्तुर उल्लेख गरेको र उक्त शुल्क प्रत्येक १० बर्षामा पुनरावलोकन गर्न सकिने व्यवस्था गरेको छ । गण्डकी प्रदेश क्षेत्रीय वन निर्देशनालय, पोखराले साविक बन्दिपुर ४ मा रहेको १९ रोपनी जग्गा एक रिर्साटलाई होटल ब्यवसाय संचालन गर्न २०५४÷११÷२० मा प्रतिहेक्टर प्रतिर्ष रु ७७२ का दरले ४० बर्षलाई लिजमा दिन निर्देशनालय र होटल बिच सम्झाौता भएको छ ।
सम्झौता भएको बखतकै मुल्यलाई आधार मानी हालसम्म रोयल्टी संकलन हुदै आएकोमा पुनरावलोकन गरेको छैन् ।’ भनि उल्लेख गरेको छ ।
बन्दिपुरमा अहिले जग्गाको भाडा चलन चल्तीमा कम्तीमा पनि रोपनीको बार्षिक रुपमा ६० हजार भन्दा बढी पर्ने स्थानीयहरु बताउछन् सो हिसावले पनि पनि बर्षमा करिब १४ लाख जति पर्ने बताउँछन् । यस बिषयमा गण्डकी प्रदेश क्षेत्रीय वन निर्देशनालयका निर्देशक रामकुमार श्रेष्ठले सो जग्गाको भाडा समयअनुकल बढ्न् पर्ने हो के– कमति कारणले भाडा बृद्वी हुन सकन आफुले बुझ्ने बताए । राज्यको आम्दानी वृद्वी गर्ने कुरामा सबैको सहयोग हुन आवश्यक रहेको समेत श्रेष्ठले बताए । आफुले यस बिषयमा अध्ययन गरेर समयाअनुकुल अघि बढ्ने बताए ।