images
images
images

देवघाटका भूमिहीन,दलित र सुकुम्वासीलाई बिहीबार निस्सा बितरण

images

देवघाट
देवघाट गाउँपालिका वडा नं ५ का ७५ जना भूमिहीन,दलित र सुकुम्वासीलाई बिहीबार निस्सा बितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी,आयोगका बिज्ञ सदस्य श्रीराम कार्की,गाउँपालिका उपाध्यक्ष भुवसिं गुरुङ्ग लगायतकाले उनीहरुलाई निस्सा बितरण गरेको हो ।
निस्सा हातमा परेपछि उनीहरुको मुहारमा खुशी छाएको आयोगका जिल्ला बिज्ञ सदस्य कार्कीले जानकारी दिए ।
निस्सा बितरण पश्चात अमिन गएर जग्गा नापजाँच गर्नका लागि प्रक्रिया अघि बढेको उनले बताए ।
अमिनले जग्गा कित्ताकाट गरेपछि आयोगको बैठक बसि आवश्यक छानबिन गरेर मात्रै लालपूर्जा बितरण गरिने आयोगका अध्यक्ष अधिकारीले बताए ।
आयोगको पहलमा यसअघि आँबुखैरेनी गाउँपालिका वडा नं २ का करिब एक सय घरधुरीका बासिन्दालाई निस्सा बितरण गरिसकेको छ ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिकाका कतिपय स्थानमा निस्सा बितरण गरी अमिनबाट जग्गा नापजाँचको प्रक्रिया अघि बढाइएको आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।
व्यास नगरपालिका क्षेत्रमा भूमिहीन,दलित,सुकुम्बासी र अव्यवस्थित व्यक्तिहरुलाई निस्सा बितरण कार्यमा ढिलाई हुन गएकोले नगरपालिकाले चासो दिनुपर्ने देखिएको आयोगले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS