images
images
images

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा न्यौपाने

images

 

तनहुँ
नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा राजेन्द्र केशरी न्यौपाने ‘जय’ मनोनित भएका छन् । व्यास–५ का पुराना नेता न्यौपाने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको संयोजक थिए । लामो समय देखि माओवादी आन्दोलनमा सक्रिय रहेका न्यौपाने पुरना माओवादी नेतामा पर्दछन् ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ। गत पुसमा भएको आठौँ महाधिवेशनबाट अपूरो नेतृत्व चयन गरेको माओवादीको आइतवारदेखि सुरु तेस्रो केन्द्रीय समिति बैठकले नेतृत्वलाई पूर्णता दिएको छ। यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ।

माओवादीले यसअघि २०४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। अहिले केन्द्रीय समितिलाई २९९ सदस्यीय बनाइएको छ।

त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको छ। यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी ९जसपा०बाट पार्टी प्रवेश गरेका तीनजनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ।
ओमप्रकाश पुन, रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनाएको छ।

माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

यस्तै घनश्यामप्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले पनि केन्द्रीय सदस्यको शपथ लिएकी छन्।पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ जनाको केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।

यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ।

माओवादी विधानमा वैकल्पिक केन्द्रीय सदस्य कूल संख्याको २५ प्रतिशत बनाउने उल्लेख छ। त्यही आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको माओवादीका केन्द्रीय कार्यालय मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।आइतबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एजेण्डासहित राजनीतिक प्रतिवेदन पेश गरेका छन्। यस्तै ७ भूगोलसहित ९ प्रदेश कमिटीबाट रिपोर्टिङ सकिएको छ। बैठक सोमबार र मंगलबार पनि जारी हुनेछ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS