images
images
images

आँबुखैरेनी गाँउपालिकाका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी

images

तनहुँ  
आँबुखैरेनी गाँउपालिकाको  सबैे सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरुवात गरेको छ । सामुदायिक विद्यालयमा कतिपय   शिक्षकले नियमित विद्यालयमा नपढाउँने  र  विभिन्न राजनीतिक दल निकटका संगठनमा रहेर दलको कार्यक्रममा सहभागी हुने तर विद्यालयमा पढाउन नजाने  गुनासो आउन थालेपछि शिक्षकमाथि नियमन गर्न तथा निगरानी बढाउउन  पालिकाका सबै विद्याालयमा विद्युती हाजिर जडान गर्न लागिएउको हो ।  नियमित विद्यालय नगइ शिक्षकले धेरै दिनको हाजिरी  गर्ने,शिक्षकलाई विद्यालयप्रति उत्तरदायी र सहज निगरानीका लागि आँबुखैरेनी गाउँपालिकाले  गाउँपालिका  सबै  विद्यालयमा विद्युतीय हाजिरीको  जडान थालेको थालनी गरेको  हो ।  अहिले १५ वटा  विद्यालयमा हाजिर जडान सम्पन्न भएको पालिकाले जनाएको छ ।

‘सामुदायिक विद्यालयको शैक्षिक प्रशासनलाई सुदृढ गराउन विद्युतीय हाजिरी सुरुवात गरेका हौं,’ आबुँखैरेनी गाँउापालिकाका अध्यक्ष शुक्र चुमाले ले भने, ‘अहिले पालिकाका ३५ वटै विद्यालयमा  विद्यालयबाट विद्युतीय हाजिरीको सुरुवात  गर्ने तयारी गररेका छौै ।’सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न गाउँपालिकाले अभियानै चलाउन लागेको चुुमानले बताए ।  चुमानले भने ‘ एक हप्ता भित्र सबै विद्यालयमा  विद्युतीय हाजिरी मेसिन जडान सम्पन्न हुन्छ ।’ एप मार्फत पालिकाबाटै निगरानी गर्न मिल्ने ढङबाट काम भएको उनले बताए ।   गाउँका विद्यार्थीसमेत निजी विद्यालय केन्द्रित भइरहेको अवस्थामा सामुदायिक विद्यालय सुधार नगरी नहुने अवस्था रहेको उनी  ताउँछन् । ‘शैक्षिक संस्थालाई पनि स्थानीय तहले नै हेर्ने अधिकार  भएपछि सामुदायिक विद्यालयको स्तर खस्कनुमा हामी पनि दोषी ठहर्छौं,’ अध्यक्ष चुुमानले  भने, ‘विद्युतीय हाजिरीले शिक्षकलाई उत्तरदायी र विद्यालयप्रति जिम्मेवारीवोध गराउँछ भने गाउँपालिकालाई निगरानी गर्न सहज हुनेछ ।’
असाार सम्म पालिकाका सबै विद्यालयमा ‘विद्युतीय हाजिरी जडान  सम्पन्न हुने पालिकाको शिक्षा शाखाले  जनाएको छ ।  विद्युतीय हाजिरी सुरुवात भएका विद्यालयका प्रत्येक महिना गाउँपालिकालाई रिपोर्ट आउने चुुमानले बताए । ‘कुन शिक्षक कुन दिन विद्यालय गएनन् भन्ने रिपोर्ट गाउँपालिकामा आउँछ,’ उनले भने, ‘हाजिरी गरेर पनि नपढाउने शिक्षकमाथिसमेत हामीले निगरानी बढाउँछौं ।’

संविधान ०७२ ले मावि शिक्षा सम्बन्धी सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा दिएको छ ।   शिक्षक ढिलो विद्यालय जाने र छिटो बाहिरिने गुनासो समेत गाउँपालिकामा आउने गरेको थियो ।   स्थानीय सरकारले विद्यालय प्रशासन सुधार्न शैक्षिक गुणस्तरमा अभिवृद्धि तथा प्रविधिमैत्री शैक्षिक संस्था निर्माणको लागि   आफुले काम सुरु  गररेको चुुमान बताउछन् ।  पालिकाले  विद्युत सुविधा नभएका दुई विद्यालयमा समेत वैकल्पीक ब्यवस्था गरेर  विद्युुतीय हाजिर जडान गर्ने तयारी गरिएको पालिकाले जनाएको  छ ।  आँबुखैरेनीको ३५ वटा  सामुदायिक विद्यालयमा करिब ४२ सय विद्यार्थी अध्ययनरत छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS