images
images
images

अबको युग प्रविधिमैत्री बन्न सक्नुपर्छ – उपप्रमुख बिक

images

तनहुँ
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुले अबको युगको प्रविधमैत्री रहेको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले दमौलीमा आयोजना गरेको दुई दिने डिजिटल मिडिया संम्बन्धी तालिमको शनिबार समापन कार्यक्रमका प्रमुख अतिथी बिकले सो कुरा बताएका हुन् । तालिम असार १७ र १८ गते दुई दिन डिजिटल संम्बन्धी तालिम प्रदान गरिएको हो ।
सो अवसरमा बोल्दै उपप्रमुख बिकले सूचना शक्तिशाली अस्त्र भएको उल्लेख गर्दै अबको लडाई प्रविधिको भएको बताए ।

सूचना र संञ्चारलाई प्रभावकारी ढंगबाट संञ्चालन गर्दै प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । विकासित राष्ट्र चन्द्रमामा प्रक्षेपण गर्ने तयारीमा अघि बढिरहेको चर्चा गर्दै नेपालमा ५ जी संञ्चालनको प्रतिक्षामा रहेको बताए । राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिकेले समयको माग अनुरुप चल्न नसके पत्रकारिता व्यवसाय संकट पर्न सक्ने अवस्था देखिएकोले प्रविधिलाई अबलम्बन गर्दै अघि बढ्नुपर्ने बेला आएको बताए । तालिमका मुख्य प्रशिक्षक न्यू मिडिया टेनरका बिजय कुमालले पत्रकारितालाई पेशाको रुपमा मात्रै नभई व्यवसायीक रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।
अर्का प्रशिक्षक पत्रकार बसन्त कँडेलले पत्रकारहरु समय सापेक्ष अनुरुप चल्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस युनियन तनहुँका अध्यक्ष अमर नहर्की,प्रेस चौतरी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ बिबि,नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी उपाध्यक्ष अस्मिता खनाल,स्वतन्त्र पत्रकार संघ तनहुँका अध्यक्ष सुरेश सुनार लगायतका वक्ताहरुले संञ्चारकर्मीहरु प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष एस.बि.नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संञ्चालन सचिव अशोक बिश्वकर्माले गरेका थिए । उपप्रमुख बिक सम्मानित त्यसैगरी सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ तनहुँले शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिक राजुलाई सम्मान गरेको छ । नगरपालिकाको उपप्रमुखमा दलित समुदायबाट निर्वाचित बन्नु भएको खुशीयालीमा बिकलाई खादा ओढाएर कदरपत्रले सम्मान गरेको हो । संघका जिल्ला अध्यक्ष एस.बि.नेपाली,गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिके,जिल्ला सचिव अशोक बिक लगायतका सम्मान गरेका हुन् ।
तालिममा सहभागीलाई प्रमाणपत्र त्यसैगरी उक्त तालिमका प्रशिक्षकद्व बिजय कुमाल र बसन्त कँडेललाई कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी तालिममा सहभागी पच्चीस जना प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथी बिकले प्रमाणपत्र प्रदान गरेका थिए । उक्त तालिममा जिल्लाका विभिन्न पालिकाबाट सहभागि भएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS