images
images
images

केशवटारमा गाउँ ब्लक जग्गा धनी पूर्जा वितरण

images

दमौली
नापी कार्यालय तनहुँले व्यास १४ अन्र्तगत साविक केशवटार गाविसका सर्वसाधारणलाई गाउँ ब्लक पूर्जा वितरण गरेको छ ।
वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई नापी कार्यालयले गाउँ ब्लक जग्गा धनी पूर्जा वितरण गरेको हो ।
गाउँमै पुगेर त्यहाँका १३ वटा ब्लकका ५६ जनालाई गाउँ ब्लक जग्गाको जग्गाधनी पूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनले भने, ‘ग्रामीण भेगका जनतालाई सदरमुकामसम्म आउन नपरोस् भनेर गाउँमै पुगेर पूर्जा वितरण ग¥यौ । आचार्यका अनुसार गाउँ ब्लकको जग्गाधनी पुर्जा पाउनेमध्ये सबैभन्दा बढी पाउनेले दुई रोपनी जग्गा पाएका छन् भने एका, दुई र तीन आनासम्म पाउने पनि छन् । पूर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए ।


वि.सं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सा नाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नाप नक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नं लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पूर्जा वितरण गरेको हो ।
तनहुँमा वि.सं. २०७१ देखि गाउँ ब्लक नाप्न शुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ । गाउँ ब्लकअन्तर्गत रहेका सर्वसाधारणले कार्यालयमा आएर ब्लक पूर्जा बनाउन सक्ने छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS