damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

यस्तो छ आँबुखैरेनी गाउँपालिकाको निति तथा कार्यक्रम

आँबुखैरेनी, ११ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले मेडिकल डाक्टरको व्यवस्था सहित १५ शैय्याको आँबुखैरेनी अस्पताल संचालनमा ल्याउने भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रममा हालको आँबुखैरेनी स्वास्थ्य चौकीको सेवा विस्तार गरि मेडिकल डाक्टरको व्यवस्था सहित १५ शैय्याको आँबुखैरेनी अस्पताल संचालनमा ल्याउने कुरा पहिलो बुदाँमै समेटिएको छ ।

अस्पतालमा आकस्मिक सेवा, आधारभुत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीको समेत व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ ।

यस्तै स्वास्थ्य कार्यक्रम तर्फ ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक स्वास्थ्य परिक्षण, ७० वर्ष माथिका ज्येष्ठ नागरिक र सुत्केरीलाई अस्पतालको निःशुल्क सेवा, क्यान्सरको रोगीहरुलाई एक पटकको लागि ५० हजार नगद सहयोग, निःशुल्क स्क्रिनिङको व्यवस्था, ग्रामिण भेगमा टेलिमेडिसिन विधिबाट विशेषज्ञ सेवा विस्तार लगायतका कार्यक्रमहरु समावेश गरिएको छ । अ

६० करोड ५३ लाख बजेट

आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष ०७९÷८० का लागि अनुमानित ६० करोड ५३ लाख ३३ हजार ३३३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

 

 

 

गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले शुक्रबार ११औं गाउँसभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् । प्रस्तावित बजेटमध्ये आर्थिक विकासतर्फ ८ करोड ९० लाख, सामाजिक विकासतर्फ १९ करोड १९ लाख, पूर्वाधारतर्फ १८ करोड ३६ लाख, वन वातावरणतर्फ एक करोड ३६ लाख, सुशासनतर्फ २ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, आयतर्फ संघीय सरकार सशर्त अनुदानबाट १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट १० करोड ५३ लाख, विशेष अनुदानबाट एक करोड ७० लाख, राजश्व बाडाफाँटबाट ८ करोड, प्रदेश सरकार अनुदानबाट एक करोड १६ लाख, सशर्त अनुदानबाट ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala