
तनहुँ
सवारी दर्ता र लाइसेन्स वितरणको काम अव अव तनहुँबाटै हुने भएको छ । बन्दिपूर गाउँपालिकास्थित डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले । कार्यालयले सवारी साधनको दर्ता गर्न सुरु गरेको प्रमुख क्षेत्रीदृ बताए ।
यातायात व्यवस्था कार्यालय बिमलनगरले असार पहिलो साताबाटै लाइसेन्स वितरण गर्ने तयारी पनि गरेको छ । लाइसेन्सका लागि परीक्षा र ट्रायल लिने र पास गरेकालाई लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख क्षेत्रीले जानकारी दिए । यातायात व्यवस्था कार्यालय काठमाडौंले अनलाइनमा फर्म खुलाएपछि कार्यालयसँग समन्वय गरी बिमलनगरमा ट्रायल र लाइसेन्स दिने व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।
डुम्रोमा रहेको कार्यालय बन्दिपूर ४ बिमलनगरमा सरेको छ । कार्यालयबाट लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका सेवाग्राहीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।