images
images
images

आँबूखैरेनि गाउपालिकामा चुमानको फराकिलो अग्रता

images

आँबूखैरेनि

आँबूखैरेनि गाउपालिकामा नेकपा माओावदी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमानले फराकिलो अन्तर पारेका छन् । आँबुखैरेनी गाँउपालिकाको १ देखि ३ नम्वर वडा सम्म गणना गर्दा चुमानले
२९७६ मत ल्याएका छन् । नेपाली कांग्रेसका गिर बहादुर थापाले १२९१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालको तर्फबा उम्मेदवार रहेका ऋषि केसीले १०२९ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा पदमा ननेकपा माओवादी केन्द्रका दुर्गा आर्याल १९७४ मत सहित अग्रस्थानमा रहेकी छन् । नेकपा एमालेका मिना अधिकारी १२९६ मत ल्याएकी छन् ।
आँबूखैरेनि गाउपालिका वडा न ३ को अध्यक्षमा केसी विजयी
आँबूखैरेनि गाउपालिका वडा न ३ नेपाली कांग्रेसका दिनेश केसी विजयी भएका छन् । उनले १००८ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै सो वडामा महिला सदस्यमा कंग्रेसका लक्ष्मी श्रेस्ठ ६९० मत ल्याएर विजयी भएकी छन् । त्यस्तै दलित महिला सदस्य मावोबादी केन्द्र की शोभा बि.क ६३३ विजयी भएकी छन् , खुल्ला सदस्य मा रा.प्र.पा क मनोज कुमार श्रेस्ठ ६४३ मत ल्याएर विजयी भएका छन् र मावोबादी केन्द्र का राजु थापा ४९८ मत विजयी भएकी छन् भएका छन् ।

images